काठमाण्डौ । जीवन र लक्ष्मीको जोडीलाई नचिन्ने सायदै होलान् । यो जोडीले अन्तरजातिय विबाह गरेकै कारण बढी चर्चामा रह्यो । यसका साथै जीवनलक्ष्मी आफैमा एक परिपक्क र हरेक कुरामा निकै नै समझदार जोडी भएको हुनाले पनि यो जोडीलाई धेरैले रुचाउँछन् । अन्तरजातिय विबाह गरेकै कारण जीवनलक्ष्मीलाई अहिलेसम्म घरमा बोलाईएको छैन । आफैमा सक्षम र पढेलेखेका यीनीहरुलाई समाजले एक प्रकारको बहिस्कार नै गरेको छ ।
अन्तरजातिय विबाह कुनै पाप होइन । त्यसमा पनि यी दुवै आजको जमानाका युवा हुन् । मन मिल्यो । माया बस्यो । र एकअर्कासंग संगै भएर यो एक जुनी काट्न सकिन्छ भन्ने विश्वास जाग्यो अनि विहे गरे । मान्छेले मान्छेसंगै बिहे गर्दापनि यिनीहरुलाई परिवार र समाजले गरेको व्यवहार कसैलाई मन परेको छैन । तर पनि यो जोडी आफ्नै संसार बनाउनमा मस्त छ । हामीले यो जोडीले दिएको धेरै अन्तरवार्ताहरु हेरेका छौं ।
सबैको माया पाएका जीवन लक्ष्मीले पछिल्लो केही महिना नेपाली सिने जगतका महानायक राजेश हमालको जातको प्रश्न नामक कार्यक्रममा पनि आफ्ना कुरा राखेका थिए । त्यो कार्यक्रममा श्रीमती लक्ष्मीलाई बिहे गरेपछि आफुले परिवारबाट अलग्गै बस्नु परेको पिडामा निकै नै भावुक भएका थिए जीवन । कसैले आफ्ना बारेमा अगाडी बसेर केही भनि दियो भने भावुक भईन्छ भन्ने कुरा यी दुवैले एकैसाथ भन्ने गर्छन् ।
तिनै जीवन र लक्ष्मीको विषयमा जीवनकी साली लक्ष्मीकी बहीनीले धेरै कुरा बताएकी छन् । सालीले दिदी भिनाजुको जोडी आफुलाई आइडल जोडी लाग्ने पनि बताएकी छन् । साथै उनले आफ्नो र भिनाजुको बानी धेरै नबोल्ने तर आफुहरुले ईशारा ईशारामा कुरा गर्ने पनि बताएकी छन् । भिडियो