काठमाडौं : चिनी मिलले दिन बाँकी उखुको पैसा दिलाइदिन माग गर्दै उखु किसानले काठमाडौको माइतीघरमा प्रदर्शन गर्दै आएका छन्। वर्षौँदेखि उखुको भुक्तानी नपाएपछि उनीहरु काठमाडौं धाइरहेका छन्।
गत वर्षदेखि हिउँदको चिसो काँप्दै काठमाडौंसँग आशाको नजरले हेर्दै छन् उनीहरुले।
तर तीन तहको सरकार भएको देशमा अझै उनीहरुको कुरा सुनुवाइ भएको छैन। काठमाडौंको चिसोसँग पौंठेजोरी खोज्दै उनीहरु आफ्नो पसिनाको मूल्य दिन आग्रह गरिरहेका छन्।
केही दिनअघि काठमाडौं आएका उनीहरुले आज पनि माइतीघरमा प्रदर्शन गरे। केही चिनी मिलले किसानमाथि भारतीय नागरिकको आरोप लगाउँदै पैसा दिन नसक्ने बताएपछि उनीहरुले माइतीघरको सडकमै नागरिकता समेत देखाए।
पैसा नपाएपछि ऋणमा डुबेका किसानले माइतीघरमा आँशु नै झार्न पुगे।(थाहा खबर बाट)