भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला, काठमाडाैं,मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) काठमाडाैंमा सरकारवि रुद्ध नेता कार्यकर्तालाई सडकमा उतारेकाे छ । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारवि रुद्ध कांग्रेस सडक आ न्दोलनमा उत्रिएको हो ।
वि रोधर्यालीमा सहभागीहरुले प्रधानमन्त्री ओलीवि रुद्ध ना राबाजी गरेका छन् । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी वि रोध प्रदर्शन आयोजना गरेको हो ।
जु लुस रत्नपार्कमा पुगेपछि बागबजार– पुतलीसडक– कमलादी– त्रिचन्द्र क्याम्पस हुँदै शान्तिबाटिकामा पुगेर वि रोध सभा हुने बताइएको छ। काठमाडौको क्षेत्र अनुसार जु लुसमा सहभागी हुने स्थान निर्धारण गरिएको छ ।
कांग्रेसका शीर्ष नेताहरु वि रोध प्र दर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् । सभापति शेरबहादुर देउवा मकवानपुर पुगेका पुग्नुभएकाे छभने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिवाटिकामा स म्बोधन गर्दै हुनुहुन्छ ।
वि रोध प्रदर्शनका लागि उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा पुग्नुभएकाे छ ।