पूर्वपत्नि मिनाले मनोजको खेदो खनिरहेका बेला मनोजले गरे फागुन भित्रै विबाह गर्ने निर्णय-भिडियो सहित

काठमाडौ । हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्ने निर्णय गरेका छन् । उनले सार्वजनिक रुपमै आफुले अब छिट्टै विवाह गर्न लागेको बताएका छन् । एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ताका क्रममा उनले अब आफुलाई पनि एक जना साथीको आवश्यकता भएको महशुस गरेको भन्दै छिटै विवाह गर्ने बताएका छन् ।

उनले आफु विवाह गर्ने निर्णयमा पुग्नुको कारण पनि खुलाएका छन् । उनले फागुन महिना भित्रै विवाह गर्ने पनि खुलाएका छन् । उनले आफुलाई कोरोना पुष्टि भएर अस्पतालमा बस्दा भोगेको अनुभवका कारणले पनि अब विवाह गर्नुपर्छ भन्ने लागेको पनि बताए ।

उनले पुर्व पत्नी मिना ढकालसंग सम्बन्ध विच्छेद गरेपछि सामाजिक सञ्जाल फेसवुकमा त्यतीबेला लेखेको कुरा अहिले पनि त्यही मेरो धारणा हो भन्दै त्यसवारे थप केही नबोल्ने पनि बताए ।

उनको पहिलेको बिहे सफन नभएपछि मनोज र उनकी श्रीमती अलग बस्दै आएका थिए । मनोजले बिहे गर्ने थाहा पाएपछि मिना ढकालले फेसबुकमा आफ्ना भावना ब्यब्त गरेकी छिन् ।

गजुरेलले आफूले बिहे गर्न लागेको सत्य भएको बताए । उनले केटीको बारेमा थप खुलाउन भने चाहेनन् । अहिले तयारी भै रहेकाले सबै भन्न नमिल्ले भन्दै गजुरेलले समय आएपछि आफै पर्दा खुल्दै जाने बताए । उनले निकट भविश्यमै केटीको बारेमा कुरा सार्वजनिक गर्ने बताए ।

२०५३ सालमा प्रेम विवाह गरेका मनोज गजुरेल र मिना ढकाल कानूनी रुपमा अलग भएपछि एक अर्का प्रति आरोप लगाउने गरेका थिए । मनोज गजुरेलले विवाह बारे बोलेको कुरा भिडियोको ३४ मिनेटमा हेर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार