नेपालका चर्चित ५ सुन्दरीः जो दुलाहको पर्खाइमा छन्

विवाहलाई बनारसको लड्डु भन्न थालिएको वर्षौं भयो । खाए पनि पछुताउने अनि नखाए पनि पछुताउने भएकाले विवाहलाई लड्डुसँग तुलना गरिएको होला ।

विवाह भएपछि महिला हुन् अथवा पुरुष, जिम्मेवारीमा बाँधिन्छन् भन्ने आमधारणा छ । हाम्रो नेपाली समाजमा विवाहका आफ्नै मूल्य–मान्यता छन् । ग्ल्यामर क्षेत्रमा त विवाहले अझ ठूलो भूमिका निर्वाह गर्छ ।

करियरले उचाइ लिइरहेका बेला विवाह गर्नु हुँदैन भन्ने मान्यता एकातिर छ भने अर्कातिर विवाहित अभिनेता–अभिनेत्रीहरूले सफलताको उचाइ चुमेका उदाहरण पनि छन् । केही त्यस्ता अविवाहित महिला सेलिब्रेटी छन् जो दुलाहको पर्खाइमा छन् –

श्रृंखला खतिवडा

मिस नेपाल वल्र्ड–२०१८ को उपाधिसँगै श्रृंखला खतिवडा देशकै चर्चित सेलिब्रेटी बन्न सफल भइन् । चीनमा सम्पन्न मिस वल्र्ड–२०१८ मा उत्कृष्ट प्रस्तुति दिएसँगै उनी नेपालीमाझ मात्र होइन, विश्वभर नै चर्चामा आइन् । समाजसेवामा समेत रुचि राख्ने श्रृंखलाले मकवानपुरको चेपाङबस्तीमा पुगेर सञ्चालन गरेको स्वास्थ्य अभियानले धेरैको मन जितेको छ ।

श्रृंखलालाई केही चलचित्रबाट अभिनयको प्रस्ताव समेत आएको छ । यद्यपि उनले अभिनय आफ्नो क्षमताको कुरा नभएको भन्दै ती प्रस्ताव अस्वीकार गर्दै आएकी छिन् । श्रृंखला अविवाहित छिन्। उनको ब्लगर सिसन बाँनियासँग प्रेम चर्चा भने चलिरहेको छ ।

सृष्टि खड्का

झन्डै १ सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी मोडल तथा अभिनेत्री हुन् सृष्टि खड्का । यी अविवाहित अभिनेत्रीले चलचित्र ‘परी’ मार्फत चलचित्रमा समेत पदार्पण गरेकी छिन् । सृष्टि केही साताअघि सार्वजनिक भएको एउटा हिन्दी गीतको म्युजिक भिडियोमा अभिनय गरेपछि चर्चामा आएकी थिइन् । सृष्टिले र्‍याम्प फेसन शो तथा केही विज्ञापनमा समेत मोडलिङ गरेकी छिन् ।

प्रियंका एमभी

लामो समयदेखि रजतपटमा अभिनेत्रीका रूपमा पदार्पण गर्ने तयारी गरे पनि प्रियंका एमभीको त्यो साइत ढिला गरि जुर्यो । एमबीएकी छात्रा प्रियंकाले अनमोल केसीको चलचित्र क्याप्टेनमार्फत पदार्पण गरिन् । इन्स्टाग्रामका आफ्ना तस्बिर देखेपछि क्याप्टेन युनिटले आफूसमक्ष अभिनयको प्रस्ताव राखेको प्रियंकाको भनाइ छ ।

अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्न पाउनुलाई ठूलो अवसरका रूपमा लिएकी प्रियंकाले क्याप्टेनमा आवद्ध भएपछि अभिनयको प्रशिक्षणसमेत लिएकी थिइन् ।

निरिशा बस्नेत

चलचित्र जानी नजानीबाट नेपाली रजटपटमा प्रवेश गरेकी अनुहार हुन्– निरिशा बस्नेत । यी अविवाहित सुन्दरी चलचित्र निर्देशक विश्व बस्नेतकी छोरी हुन् । मुम्बईलाई समेत कर्मथलो बनाउँदै आएकी निरिशाले केही हिन्दी धारावाहिकमा समेत अभिनय गरिसकेकी छिन् । अध्ययनका क्रममा मुम्बईमा भएकी निरिशाले हिन्दी धारावाहिक चन्द्रा नन्दिनीमा मुख्य भूमिका निर्वाह गरेकी छिन् ।

उक्त धारावाहिकमा निरिशाले राजकुमारी इलिसको भूमिका निर्वाह गरेकी थिइन् । केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी निरिशाले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातक गरेकी छिन् ।

उकुषा गिरी

चलचित्र ‘ब्याचलर बन्टि’ मार्फत रजतपटमा पाइला हालेकी अभिनेत्री हुन्— उकुषा गिरी । अविवाहित उकुषा पनि मोडलिङमार्फत चलचित्रमा आउन लागेकी हुन् । अघिल्लो वर्ष काठमाडौंमा सम्पन्न मिस एसिया नेपालको विजेता भएपछि उनले मिस एसिया ग्लोबल–२०१७ मा नेपालको प्रतिनिधित्व गर्दै बेस्ट पर्सनालिटी तथा ब्युटिफूल आइजको शीर्षक उपाधि हात पारेकी थिइन् । भीमसेनगोला, काठमाडौंकी उकुषा छोटो समयमै र्‍याम्प मोडलिङ तथा विज्ञापन केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार