जाडो मौसममा बर्षाको बोल्ड अबतार(फोटो फिचर)

काठमाडौं / पछिल्लो समयकी चर्चित नायिका वर्षा शिवाकोटीको केही तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । नेपाली नायिकाहरुको तस्बिर भाइरल हुनु खासै नौलौ कुरा भने होइन’, तरपनि जाडो मौसममा बर्षाको बिकिनी फोटोसुटले सबैको मन गर्माएको छ ।

बर्षाले धेरै चलचित्रमा काम गरेपनि उनी अभिनित कुनैपनि चलचित्रले सफल व्यापार गर्न भने सकेको छैन । गत जेष्ठमा रिलिज भएको मिलन चाम्सको “वीरविक्रम २” पछि बर्षा अभिनित कुनैपनि फिल्म प्रदर्शनमा आएको छैन ।

वीरविक्रम लगत्तै “लक्का जवानमा” अनुबन्धित भएको शिवाकोटी यतिबेला लक्काजवान को छायांकन सकेर चलचित्र चलाबाजको सुटिङमा व्यस्त छिन् ।

केही समय अगाडि विवाहको चर्चामा रहेकी वर्षा शिवाकोटीले धेरै म्युजिक भिडियोमा समेत गरेकी छिन् । फिल्मकै काममा अमेरिका सम्म पुगेकी बर्षाले प्रेमी सँगको तस्बिर साझेदारी गरेपछि विवाहको चर्चा भएको थियो । तर; यश बिषयमा अहिलेसम्म उनले खुलेर कुरा गरेको भने छैन ।

भर्खरै मात्र उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको हट फोटो सुटलाई लिएर सामाजिक सञ्जालमा दोहोरी प्रतिक्रिया आइरहेको छ । हुनत यसअघि पनि उनको यस्ता खालको तस्बिर सार्वजनिक नभएको चाहिँ पक्कै हैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार