कोदोको खिर बनाउँदै सन्तोष साह बीबीसी ‘मास्टर सेफ’ को टप ४ मा पुग्न सफल

एजेन्सी, १ पुष । बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै सन्तोष शाह ‘टप ४’ मा पुग्न सफल भएका छन् ।

‘बीबीसी वान’ मा जजहरुलाई नेपाली परिकार कोदोको खिर बनाएर उनी शीर्ष ४ मा सहित अन्तिम चरणमा पुगेका हुन्। बुधबार युकेको समयमा रातिको ९ बजे, उनी अन्य पाँच प्रतिस्पर्धी सेफहरुसँग यो वर्षको हिट बीबीसी टीभी सिरिज प्रोफेसनल मास्टरसेफ युकेको फाइनलका लागि भिडेका थिए ।

अन्य ६ जनाबाट २ जनालाई पछि पार्दै शीर्ष ४ मा परेका हुन ।  उनले यस पटक कोदोको खिर चखाएका थिए। धेरै जसो बेलायतमै जन्मेका सेफहरू सहभागी रहेको सो प्रतिस्पर्धी उनले चुनौतीको रुपमा लिएको बताए ।

लण्डनको प्रख्यात सेफहरु सग प्रशिक्षणसँगै काम गरिसकेका सन्तोष मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य लिएका छन् ।

सन्तोषले मास्टर सेफको टप ६ प्रतिस्पर्धीमा सन्तोषले खरायोको मासु , डिजर्टको रुपमा कोदोको खीरसंगै आँपको कुल्फी र तराईमा प्रचलित तर (लोप भएको) आँपको ‘अमौरा’ बनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार