”५ करोडको सम्पति खाने छोरा भएन, मैले यत्रो सम्पति कस्लाई सुम्पिनु ?” बुवा आमा रुदै मिडियामा।(भिडियो)

चितवन । जिन्दगीको आठ दशक पार गरेका चितवनको भरतपुरमा बस्छन् एक जोडी । जो अपुताली होईनन् । जस्को चारभाई बहीनी छोराछोरी छन् । र पनि आज यो उमेरसम्म आईपुग्दा उनीहरु एक्लै बसिरहेका छन् । श्रीमानको साहारा श्रीमती र श्रीमतीको साहारा श्रीमान बनेर बसेका यो जोडीको आफ्नै पिडा छ । हुनत छोराछोरी भएर पनि संगै नहुँ्दाको पिडा कति हुन्छ त्यो केवल भोग्नेलाई थाहा हुन्छ । यस्तै पिडामा रातिदिन कटाईरहेका छन् यी जोडिले ।

यिनीहरुलाई अरु कुनै चिन्ता होईन । चिन्ता केवल आफ्नो जेठो छोरा राजकुमार श्रेष्ठको हो । जस्ले आजभन्दा ३२ वर्ष पहिले यी बृद्ध बुवाआमालाई छाडेर भारत गएका थिए । भारत गएदेखि उनी फर्किएर आजसम्म न घर सम्झिएर आएका छन् न त आमाबुवा नै । तिने जेठो छोरालाई सम्झिंदै आजसम्म यी आमा बुुवा भक्कानिंदै रुने गर्दछन् । छोरा फर्किएर घरमा आउँछ कि भन्ने आशामा मनमा राखेका छन् । दुई छोरी र एक छोरालाई दिएर बचेको जे जति सम्पत्ति छ त्यो राजकुमारलाई दिन बाँकी छ ।

त्यो छोरा आएदेखि उस्लाई उस्को भागको अंश दिएर मर्ने यी बृद्धबृद्धाको चाहाना रहेको छ । लामो समयदेखि घर छोडेर हिंडेकै भएपनि छोरा जिउँदै छ भन्ने लाग्छ यी बाआमालाई । छोराको बारेमा केही पत्ता लाग्छ कि भनेर यी बाआमाले धेरै जोतिषीहरुलाई पनि हेराए । सबैले घरजम गरेर बसेको घर फर्कन गाह्रै भनिदिंदा मुटु फुटेर आउँछ भन्छन् । भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार