काठमाडौं – श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि अभिनेत्री स्वेता खड्काले गत मंसिर २२ गते सोमबार धनगढीका विजयेन्द्र रावतसँग धुमधामसँग दोश्रो बिहे गरिन् । धेरैले उनको साहस र कदमको सम्मान र प्रशंसा गरे । सँगसँगै कतिपयले विरोध पनि ।
यति नै बेला गायक बद्री पंगेनीले भने आफ्नो पुरानो गीत ‘लाउ चेली सिन्दुर लाउ, निको पार हृदयको घाउ’ सम्झिए र फेसबुकमा स्वेताको नवजोडीलाई शुभकामना दिए । बुधबार हाम्रो कला टिभीसँगको कुराकानी पनि बद्रीले स्वेताको नाममा गीत गाउँदै सोही कुरा दोहोराए । स्वेताको बिहेमाथि प्रश्न उठाउनेलाई समेत उनले पितृसत्तात्मक मानसिकताको उपज रहेको टिप्पणी गरे ।
सँगसँगै माइतिघरमा उखु किसानको आन्दोलन चलिरहेका बेला राजनतिक दल र सरकारले देखाएको बेवास्ताको विरोध गर्दै आग्रह गरे, ‘उखु किसानको आँशु सरकारले चाँडो भन्दा चाँडो पुछिदियोस् ।’बाँकी के–के भयो, भिडियोमा हेर्नुस् पुरा कुराकानी