२४ वर्षीय युवकले तीन सन्तानकी आमालाई भगाएको भनिएका भाग्ने र भगाउने यी दुवै समातिए, भन्छन्,‘जे हुनु भईसक्यो अब हामी छुटिंदैनौं’

चितवन । आजभन्दा केही दिन पहिले चितवनमा एक २४ वर्षी युवकले छिमेकीकै श्रीमतीलाई भगाएका थिए । जो कसैकी श्रीमती मात्र नभएर तीन सन्तानकी आमा पनि थिईन् । उनी भगाउने युवकभन्दा उमेरमा पनि एक दशक जेठी नै छिन् । समाजले नाम जोडिदिएको हो भन्दै यी दुवैले भागेर विबाह पनि गरिसकेका छन् ।

छिमेकीको श्रीमती त भगाए भगाए साथै तीन जना अबोध छोराहरुको भविष्य पनि ती भगाउने युवकले बर्बाद पारिदिए । यति मात्र नभएर उनले आमा जीउँदै हुँदाहुँदै ती तीन जना छोराहरुलाई टुहुरो नै बनाई दिए । अर्कैकी श्रीमती त्यो पनि आफुभन्दा एक दशक जेठी उमेर भएकीलाई चितवनबाट भगार उनले कपिलवस्तुमा राखेको अवस्थामा समातिएका छन् ।

जब उनीहरु फेला परे तब यी दुवैले आफुहरु एकअर्कासंग नछुटिने बताएका छन् । उनीहरुको भनाई अनुसार जे नहुनु थियो सो भई सकेको छ अब छुटिनुको कुनै अर्थ नै छैन । समाजको अगाडी पनि भाग्नुपुर्व आफुहरुको सम्बन्ध केवल दिदी र भाईको बताउने यो अचम्मको जोडीले सामाजले नै बसि खान नदिएपछि भागेको र भागी सकेपछि मात्रै आफुहरुबीच माया बसेको बताएका छन् । भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार