एउटा भेडाको मुल्य डेढ करोड !

काठमाडौं– एउटै भेडाको मुल्य डेढ करोड रुपैयाँ भन्ने सुन्दा पनि पत्यार नलाग्न सक्छ । तर नपत्याई सुखै छैन, किनकी यो वास्तविकता हो ।

यो मुल्य नेपालको नभएर भारतको हो । अहिले सामाजिक सञ्जालमा एउटा समाचार  भाइरल बनिरहेको छ । उक्त भाइरल समाचार एक भेडाको बारेमा रहेको छ ।

एक भेडाको मूल्य डेढ नै करोडौँ रहेको छ । गुणस्तरीय मासुको लागि प्रसिद्ध मेडगयाल जातको यो भेडो भारतको महाराष्ट्रस्थित सांगली जिल्लामा पाइन्छ ।

७० लाख भारतीय रुपैयाँमा मानिस किन्न तयार भए पनि यसको मूल्य १.५ करोड रुपैयाँ तोकिएको छ । मुल्य तोकिएपछि अहिले भेडा किन्ने भन्दा हेर्नेको भिड लाग्न थालेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार