पूर्व आइजिपी सर्वेन्द्रको घरमै पुगेर राजेन्द्रले भने, ‘म भिलने, तपाई हिरो’ (भिडियो)

नेपाली सिनेमाका खुंखार भिलेनका रुपमा चिनिएका कलाकार एवम् द्धन्द निर्देशक राजेन्द्र खड्गी हिजोआज आफ्नै फिल्मको तयारीमा व्यस्त छन् ।

‘चिक्वा चाको पैसा खान गाह्रो’ नामको नेवारी र नेपाली दुवै भाषामा म्यूजिकल फिल्म बनाइरहेका उनी कहिले सुटिङका क्रममा रसियन युवती रोमान्स गर्दै गरेको भेटिन्छन्, त कहिले अफ्रिकी गायिका । कहिले एकसाथ पुराना भिलेनहरुसँग ‘चियर्स’ गर्दै गरेका भेटिने यिनी शनिबार बिहान भने पूर्व आइजिपी सर्वेन्द्र खनालको घरमा भेटिए ।

कुनैबेला हेटौँडामा ‘नामुद डन’का रुपमा चिनिएका खड्गी आफ्नो फिल्ममा पूर्र्व आइजिपी खनालको कथा समेत मिसाउँदै रहेछ ।

घरमै पुगेर उनले सर्वेन्द्रलाई फिल्मको अफर समेत गरे । त्यतिमात्रै होइन सर्वेन्द्रलाई महाडनसम्म भन्न भ्याए । जवाफमा सर्वेन्द्रले के के भने ।

भिडियोमा हेर्नुस्, बाँकी त्यहाँका रमाइला दृश्य ः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार