गणतन्त्र राजनीतिक प्रणाली मात्रै हाेइन समग्र सामाजिक रुपान्तरणको व्यवस्था हाे : प्रधानमन्त्री प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउनुभएको छ । गणतन्त्र दिवशको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

उहाँले विकासका लागि हाम्रो प्रस्थानविन्दू सवैलाई खाद्य व्यवस्था, सवैलाई आवास र कपडा, सवैलाई शिक्षा र सवैलाई स्वास्थ्य एवं सुरक्षा रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प लिएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार