पोखरा, ४ पुस । गायक कर्णदासकी आमा ७० वर्षको उमेरमा निधन भएको छ ।उनकी माता रत्नदेवी दासको मुटुरोगको कारण शनिबार दिउँसो निधन भएको हो । परिवारजनका अनुसार स्व.रत्नदेवी दासको आइतबारमात्र क्रिस्चियन परम्पराअनुसार अन्त्येष्टि गरिने छ ।
रत्नदेवीको शव उनकै निवास पोखरा १०, नयाँगाउँमा राखिएको बताइएको छ ।