जापानले फेरि माग्यो ठूलो संख्यामा नेपाली कामदार

काठमाण्डौ – जापानले नर्सिङ केयर गिभरको लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । नेपालबाट जापानमा कामदार पठाउन भाषा परीक्षाको जिम्मेवारी पाएको जापान फाउण्डेशनले जनवरी र मार्चमा गरी २३ सय जनाको लागि भाषा परीक्षा सञ्चालन गर्ने जनाएको छ । जनवरीमा एक हजार र मार्चमा १३ सय जना सहभागी हुनेगरी जम्मा दुई चरणमा भाषा परीक्षा हुनेछ । त्यसका लागि जापान फाउण्डेशनले केयर गिभरमा जान इच्छुकहरुसँग आवेदन माग गरेको छ ।

भाषा परीक्षा जनवरीको ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखका लागि तोकिएको छ । यस्तै मार्चमा भने ३–५, ९–११, १२, १५–१९ तारिखमा हुनेछ । भाषा परीक्षा काठमाण्डौको डिल्लीबजारमा रहेको युनिभर्सल ल्याङ्ग्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा हुनेछ । परीक्षाको लागि आवेदन शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
परीक्षाको किसिममा कम्प्युटरमा आधारित परीक्षण (सीबीटी) टाइप, मार्क टाइप, राइटिङ टाइप र स्किल टाइप तोकिएको छ ।

यस्तै परीक्षाको विषयमा शब्दार्थ र लेखनशैली, कन्भेक्सनल र एक्स्प्रेसन तथा रिडिङ एण्ड लिस्निङ कम्प्रिहेन्सनलाई राखिएको छ ।जम्मा २ सय ५० पूर्णांकको यस परीक्षामा दुई सय अंक ल्याएर परिक्षार्थी उत्तीर्ण हुन सक्नेछन् । आवेदन दिनका लागि नेपाली नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवश्यक पर्ने र जापानी भाषामा ए टू तह उत्तीर्ण भएको हुनुपर्ने छ ।

यस्तै बोलीचालीको सामान्य जापानी भाषा बोल्न र बुझ्न सक्ने न्यूनतम योग्यता हुनुपर्ने छ । यसअघि पहिलो चरणमा अक्टोबरमा भाषा परीक्षा लिइएको थियो जसमा १३ हजार जनाले आवेदन दिएका थिए । तीमध्ये फाउण्डेशनले गोलाप्रथाबाट छनौट गरेका १ हजार जनालाई मात्र भाषा र सिप परीक्षामा समावेश गरेको थियो । तर त्यतिबेला लिइएको पहिलो चरणको परीक्षामा कोही पनि उत्तीर्ण नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
यो पनि समाचार
काठमाडौँ, २० पुस । पर्यटकको शान्तिसुरक्षा, सुविधा तथा सहजीकरणका लागि नेपाल सुरक्षित तथा उपयुक्त गन्तव्यस्थल बन्न सफल भएको छ । पाहुनाको सम्मान, सुरक्षा र सत्कार नेपालीको मौलिक संस्कार भएकाले उपयुक्त गन्तव्यस्थल बन्न सफल भएको हो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापाक्षेत्रीका अनुसार साँझपख बास बस्न आएका पाहुनालाई भगवान् मान्ने, विदेशी नागरिकप्रति सम्मान गर्ने मौलिक संस्कारका कारण नेपाल पर्यटकका लागि आकर्षक मात्र नभई सुरक्षित गन्तव्य बन्न पुगेको हो । नेपाल पर्यटन वर्ष २०२० को शुभारम्भसँगै भ्रमणमा आउने पर्यटकको शान्तिसुरक्षा, सुरक्षा सुविधा तथा सहजीकरणका लागि पर्यटक प्रहरीको जनशक्ति बढाइएको छ ।

प्रहरी उपरीक्षक एसपीको नेतृत्व कमान्डमा ५१ जना पर्यटक प्रहरीको दरबन्दी थप गरिएको हो । यसअघि प्रहरी निरीक्षकको कमान्डमा घुम्ती पर्यटक प्रहरी सेवा सञ्चालन हँुदै आएको थियो । पर्यटक प्रहरीको जनशक्ति बढेसँंगै १६ स्थानमा पर्यटक प्रहरी सेवा विस्तार गर्ने तयारी भइरहेको छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना रहेको छ । त्यस्तै एक सय स्थानलाई ‘पर्यटकीय गन्तव्यस्थल’का रूपमा राखिएको छ ।
गोरखापत्र दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार