बु’वाको अनुहार अ’न्तिम पटक हेर्न चाहन्थें

सबिना कुमाल/नवलपरासी,बुवाको लागि आफ्ना छोराछोरी सबैभन्दा प्यारा हुन्छन् । म पनि मेरो बुवाको प्यारी छोरी थिएँ । आमा, बुवा, बहिनी र म, सानो सुखी परिवार । हाम्रो भविष्य उज्ज्वल पार्न बुवा रोजगारीको लागि तीन वर्ष पहिले साउदी अरब जानुभएको थियो ।

कहिलेकाहीँ फोनमा बुवासँग कुरा हुन्थ्यो । बुवाले हाँसेर बोलेको दिन मन त्यसैत्यसै फुरुङ्ग भइहाल्थ्यो । तर बुवाले ‘आज अलि सञ्चो छैन छोरी’ भन्दा मेरा आँखा रसाउँथे । बुवालाई सञ्चो नभएसम्म मलाई खाना पनि रुच्दैन थियो ।

(जब बुवाको बि,सञ्चोको खबर आयो)मेरो बुवाको नाम जितबहादुर कुमाल हो । हाम्रो बसाइ मध्यबिन्दु नगरपालिका १५ नवलपरासीमा छ । चैतको महिना । कोरोनाको कारण नेपालमा लकडाउन सुरु भइसकेको थियो । चैत २० गते साउदीबाट बुवाको साथीले फोन गर्नुभयो । मैले फोन उठाएँ । फोनमा उहाँले भन्नुभयो, ‘नानु जितबहादूर जीलाई स,ञ्चो नभएर अ’स्पतालमा भर्ना गरेका छौं, डराउनुपर्ने केही छैन, न,आत्तिनु ल ?’

बुवामा उच्च र’क्तचा’प थियो । ‘ब्रे’न ह्या’मरेज’ भएर बे’होस हुनुभएको रहेछ । बुवाको साथीसँग फोन हुँदा उपचार भइरहेको छ भन्नुहुन्थ्यो । बुवाले काम गर्ने कम्पनीसँग त हाम्रो सम्पर्क नै थिएन । तर साथीले पनि भेट्न जान पाएको छैन भनेर भन्नुहुन्थ्यो । त्यतिबेला त बुवाको साथीले भेट्न जान पाए पनि केही त हुन्थ्यो होला जस्तो लाग्थ्यो । के भयो होला, पानी खान पाउनुभएको होला कि नहोला जस्ता अनेक त’र्कनाले मनमा बेचैनी छाउँथ्यो । कतिबेला त बुवालाई केही पो भइहाल्यो कि भनेर ड’र लाग्थ्यो ।

(आप्रवासी स्रोत केन्द्र र पीएनसीसीको सहयोग)वैशाख १ गते त बुवा बि’त्नुभएको खबर आयो । विश्वास नै लागेन । तर मेरो अविश्वासलाई चिर्न न त म साउदी जान सक्थें, न त सही सूचना लिनका लागि अरु कुनै विकल्प छन् भन्ने थाहा थियो । तर त्यो बेलामा मेरो दिमागमा एउटा कुरा आयो ।

विदेशमा दुःख परेकालाई सु’रक्षित आप्रवासन परियोजना सामी अन्तर्गत आप्रवासी स्रोत केन्द्रले सहयोग गर्छ र सूचना पनि दिन्छ भन्ने सुनेको थिएँ । त्यसपछि मैले त्यो कुरा स’त्य हो कि होइन भनेर पक्का गर्नको लागि आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गरेँ । केन्द्रले साउदीमा फोन गरेर बुझ्नुभयो र बुवाको मृ’त्यु भएकै हो भन्नुभयो ।

चैतको २९ गते नै बुवाको ज्या’न गएको रहेछ । हामीलाई तीन दिनपछि जानकारी मिल्यो । त्यतिबेला आफूलाई अब मेरो दुनियाँमा कोही रहेन जस्तो लाग्यो । म बे’होसझैं भएँ । तर घरको जेठी छोरी थिएँ म । आमालाई र बहिनीलाई पनि सम्हाल्नुपर्ने मैले नै थियो । सायद त्यो क्ष’ण मेरो जीवनको सबैभन्दा कठोर क्षण थियो ।

त्यो बीचमा कावासोतीमा रहको आप्रवासी स्रोत केन्द्र र प्रवासी नेपाली समन्वय समिति पीएनसीसीसँग सम्पर्क हुन थालेको थियो । साउ’दीमा सम्पर्क गरेर जानकारी लिन उहाँहरुले धेरै सहयोग गर्नुभएको थियो ।

हुने हार दैव नटार भन्छन् नि । जे हुनु थियो त्यो त भइहाल्यो । त्यसपछि शव कसरी ल्याउने भन्ने चिन्ता भयो । लकडाउन सुरु भएको थियो । जहाज बन्द थिए । शव ल्याउन गाह्रो थियो । साउदीमा फोन गर्दा पनि कोरोनाका कारण श’व ल्याउन सकिंदैन, उतै अन्त्येष्टि गर्नुपर्छ भन्ने खालका सुझावहरु आउँथे ।

पीएनसीसीमा फोन गरेँ । उताबाट आत्मबल बढाउने काम गर्नुभयो । नआत्तिन र धैर्यधारण गरेर बस्न भनिरहनुभयो । त्यतिबेला निकै पी’डा हुन्थ्यो ।

(बुवाको अनुहार अ’न्तिम पटक हेर्न चाहन्थें)​यस्तो कोरोनाको बेला श’व नेपाल ल्याउन ६ महिना, एक वर्ष पनि लाग्न सक्छ भन्ने सुनिन्थ्यो । तर हामी श’व आउँछ भने जति नै समय भए पनि कुर्न तयार थियौं । बुवा कोरोना लागेर बि’त्नुभएको होइन, अरु नै कारणले बि’त्नुभएको थियो । जसरी भए पनि बुवाको श’व चाहिन्छ भनेका थियौं । किनकी हामी आफ्नो मान्छेको अनुहार अ’न्तिम पटक हेर्न चाहान्थ्यौं । आफ्नो  मान्छेको श’व आफ्नो आँखाले देखेपछि मात्रै का’जकि’रिया गर्छौँ भनेर हामी बसेका थियौं ।

(सबिना कुमालसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)(स्रोत:उज्यालो अनलाईन)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार