पुलमा झुण्डिएर टिकटक बनाउन खोजेका २४ वर्षीय रमेश नदीमा खसे

काठमाडौँ । सेल्फी र टिकटक क्रेजका कारण पछिल्ला दिनमा भाइरल बन्नेहरुको होड नै लागेको छ । जसको पछिल्लो उदाहरण दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापा टिकटक बनाउन खोज्दा उनी पुलबाट ख,सेका छन् ।

उनी बबई गाउँपालिका(५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलमा साथीसंग गएका थिए ।

टिकटक बनाउन पुलको सपोर्टमा चढेका उनी त्यहाँवाट केहीबेरको सं,घर्षपछि भुईमा बजारिन पुगेका हुन् । उनको अवस्था ग,म्भिर छ ।

ग,म्भीर घा,इते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा भर्ना गरेर थप उपचार सुरु गरिएको छ ।

शनिबार रमाईलो गर्ने भन्दै केही साथीहरुसँग मिलेर पुलमा गएका उनी २० मिटर माथिको पुलबाट बगरमा बजारिँदा अवस्था ग,म्भिर बनेको हो ।

उनी पुलमुनी केहीबेर झु’ण्डि’एको भिडियो भाइरल बनिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार