बीबीएलमा सन्दीप लामिछानेको एउटा जुत्तामा भिजिट नेपालको प्रचार, अर्को जुत्तामा आगो निभाउनेलाई सम्मान

काठमाण्डौ – अष्ट्रेलियामा बिग ब्याश लिग (बीबीएल) क्रिकेट खेलिरहेका सन्दीप लामिछानेले नेपाल भ्रमण वर्षको प्रचार र अष्ट्रेलियामा भइरहेको आगलागीलाइ समेटेर आफ्नाे जुत्ता रङ्ग्याएका छन् ।

सन्दीप आबद्ध मेलबर्न स्टार्स क्लबले ट्वीट गरेर सन्दीप लामिछानेले अष्ट्रेलिया आगलागीको लागि सहयोग र आफ्नो देश नेपालको भ्रमण वर्षको अभियानमा समर्थन गरेको जनाएको छ । मेलबर्न स्टार्सले गरेको ट्वीटमा सन्दीप लामिछानेले एउटा जुत्तामा ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखेका छन् भने अर्को जुत्तामा ‘बुशफायर हिरोज’ लेखेर नमस्ते गरेका छन् । मेलबर्न स्टार्सले अष्ट्रेलियामा भइरहेको आगलागी पीडितको लागि क्लबको तर्फबाट र खेलाडीको व्यक्तिगत तर्फबाट सहयोग संकलन गरिरहेको छ ।
यो पनि समाचार
सोलुखुम्बु – भारी हिमपातका कारण सोलुखुम्बु जिल्लाका अधिकांश हिमाली भूभागकाे जनजीवन प्रभावित भएकाे छ ।ओखलढुङ्गा र सोलुखुम्बुको उच्च पहाडी क्षेत्र पत्ताले र जन्तरधानमा बाक्लो हिमपात हुँदा सोलुखुम्बु–काठमाण्डौ सडक अवरुद्ध भएकाे छ । प्रहरी चौकी पत्तालेका अनुसार हिउँ जमेका कारण पत्ताले क्षेत्रमा सडक नै देखिने अवस्था छैन ।

बुधबार दिउँसोदेखि निरन्तर हिमपात हुँदा पत्तालेमा झण्डै दुई फिटभन्दा बाक्लाे हिउँ जमेको छ । भारी हिमपात तथा चिसोका कारण सडक खुल्न समस्या भएकाे स्थानीयले जनाएका छन् । याे क्षेत्रमा अहिले पनि हिउँ पर्ने क्रम जारी रहेको स्थानीय भाईछुङ शेर्पाले जानकारी दिनुभयो ।

सोलु सल्लेरीबाट बिहानै छुटेको केही सार्वजनिक जीप, गाडी र बाइक बीच बाटाेमै अलपत्र परेका छन् । सडकमा रहेको बाक्लो हिउँ पन्छाउनको लागि एक्स्काभेटर नै प्रयोग गर्नुपर्ने पत्ताले प्रहरी चौकीले जनाएको छ । हिमपातका कारण साेलुखुम्बुकाे फाप्लु र तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला समेत अवरुद्ध बनेको नेपाल नागरिक उड्ययन कार्यालय फाप्लुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार