पोखराको महेन्द्रपुलमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

पोखरा, ५ पुष । कास्कीको पोखरामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । आइतबार (आज) सत्तारुढ नेकपा युवाहरुले नै पोखराको महेन्द्रपुलमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

सत्तापक्ष युवाहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरीसँग झडप समेत भएको थियो । तर, अहिले स्थिति साम्य भइसकेको छ ।

सयौंको संख्यामा उपस्थित युवाहरुले प्रधानमन्त्री ओलीबिरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘केपी ओली मुर्दाबाद’, ‘केपी चोर देश छोड’, ‘संसद विघटन गर्न पाइदैन’लगायतका नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार