अर्जुन सापकोटाको ‘नगर पिर माया’मा अञ्जली अधिकारीको यस्तो रूप (भिडियो)

काठमाडौं, ५ पुष । गायक अर्जुन सापकोटाको ‘नगर पिर माया’ सार्वजनिक भएको छ । गायक सापकोटा र गायिका मेलिना राईको आवाजमा रहेको लोकदोहोरी गीत ‘नगर पिर माया’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडल बिमल अधिकारी र अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।

बिमलकै रचना र अर्जुन सापकोटाकै संगीत रहेको गीतमा कृष्ण बिक भान्जाको संगीत संयोजन रहेको छ । भिडियोमा अन्जली र बिमलको माया प्रेमका रोचक दृश्यहरुलाई रमाइलो शैलीमा निर्देशक काजिश श्रेष्ठले प्रस्तुत गरेका छन् ।

गायक सापकोटाको ‘बनकी चरी’, ‘दशैं गीत’ र ‘नमस्ते ले छोएन’लगायतका गीतले दर्शक/श्रोताको मन जित्न सफल छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार