श्रीमानलाई खाना बोकेर गएकी महिला शं’कास्पद अ’वस्थामा मृ’त भेटिइन्

झापा: झापाको बिर्तामोडमा एक महिलाको शं’कास्पद मृ’त्यु भएको छ । बिर्तामोड नगरपालिका-२ चैतुबारीको खेतमाआइतबार बिहान बे’वारिसे अवस्थामा एक महिलाको श’व फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मृ’त्यु हुने स्थानीय ४२ वर्षीया दिनो राजवंशी भएको बु’झिएको छ । स्थानीयबासीका अनुसार दिनो र उनका पति वीरबहादुर राजवंशीले चैतुबारीमै स्थानीय जगत राजवंशीको खेत भाडामा लिइ तीन वर्षदेखि कुखुरा फार्म सञ्चालन गर्दैआएका थिए।

दिनोले शनिबार बेलुका ७ बजे श्रीमानलाई खान पुर्‍याउन भनी घरबाट हिँडेको र राति अबेरसम्म नफर्किएपछि परिवारका सदस्यले उनको खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा उनको श’व घरदेखि ३०० मिटर पश्चिम खेतमा भेटिएको प्र’हरीले जनाएको छ।

प्रवक्ता थापाका अनुसार मृ’तक महिलाको नाक र मुखबाट रगत बगेको र उत्तानो परेको अ’वस्थामा भेटिएको छ । थापाले भने, ‘घाँटीमा सल बेरिएको छ । ह’तिया’र प्रयोग भएको देखिएको छैन । घ’टना शं’कास्प”द छ । घ’टनाको विषयमा थप अ’नुसन्धा’न भइरहेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार