(भिडियो समाचारको अन्त्यमा राखिएको छ)
परा पूर्वकालदेखि नै मृ’त श’रीरलाई छोरा’ले मात्रै दा’गब’त्ती दिँदै आएको हाम्रो समाजमा पछिल्लो समय छोरीले पनि दा’गब’त्ती दिने गरेको र छोरासरह क्रि’या’पुत्री बस्ने गरेको उदाहरणहरु आइरहेका छन्।
म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृत शरीरलाई दागबत्ती दिन्छिन्। उनको अवस्था भने अरुको भन्दा फरक छ। वेवा’रिसे अवस्थामा भेटिएका शवहरुलाई दा’गब’त्ती दिएर अ’न्तिम सं’स्कार गर्छिन् सपना।
परिचय नै नभएका वे’वारिसे श’वको व्यवस्थापन गर्न पाउँदा उनलाई सन्तुष्टि मिल्छ। उनले हालसम्म१०० वटाभन्दा बढी वे’वारिसे श’वको व्यवस्थापन गरिसकेकी छन्। सायद, परिस्थिति अनुकूल हुन्थ्यो त उनी यतिबेला आफ्नै संसारमा रमाइरहेकी हुन्थिन्। तर कोरोना भाइरसको महामारीले गर्दा उनको काम अहिलेका लागि रोकिएको छ।
खेती किसानी गरेर जीविकोपार्जन गर्ने भएपनि सम्पन्न नै थियो सपनाको परिवार। दाइ पहिले देखि नै विदेशमा र दिदीको पनि बिहे भइसकेकोले गर्दा घरकी कान्छी छोरी सपना पुल्पुलिएकी थिइन्। उनले भनेका हरेक कुरा आमाबुवाले पुर्याइदिन्थे।