काठ्माडौंमा कयौं रात भोकै बिताएका थिए नाजिर हुसेनले,हेर्नुहोस आंखा रसाउने यो अन्तरवार्ता(भिडियो)

रंगमञ्च हुँदै फिल्ममा उदाएका अभिनेता हुन् नाजिर हुसेन। रंगमञ्चमा उनको नाटक हेर्न पुग्नेहरू उनलाई ‘अभिनयको जादुगर’सम्म भन्न भ्याउँछन्। मधेश र मधेशीलाई नेपाली फिल्मले बेवास्ता गरिरहेकै बेला उनी लगातार मधेशी चरित्रमार्फत फिल्ममा प्रमुख भूमिकामा देखिँदै छन्।

उनले अभिनय गरेका नाटक ‘माथा पन्चर’, ‘डिग्री माइला’, ‘चरनदास चोर’ रुचाइए। ‘होस्टेल रिटर्न्स’, ‘जंगे’, ‘पुन्टे परेड’ आदि फिल्ममा उनले अभिनय गरेका छन्।

तपाईंको घाँटीमा लकेट त कहिल्यै छुट्दैन नि!

यो जिम्बे हो, अफ्रिकाको बाजा। म प्रायः यो लाइरहेकै हुन्छु। मलाई मेरो घाटीमा लगाएको लकेट बजारमा पाइने अन्य लकेटभन्दा एक्स्ट्रा होस् भन्ने लाग्छ। पहिला डान्स सिक्दा जिम्बे भएको संगीत बढी प्रयोग हुन्थ्यो। मलाई यो जिम्बेको लकेटले ती पुराना दिन सम्झाउँछ। त्यही भएर पनि म लगाइरहन्छु।

तपार्इं पर्दाबाहिर पर्दाभन्दा फरक गेटअपमा देखिनुहुन्छ। धेरैले नचिन्दा हुन्?

हो। फेसबुकमार्फत मसँग जोडिएका साथीले चाहिँ मलाई बाहिर चिन्छन्। नत्र धेरै झुक्किन्छन्। धेरैले मलाई नाजिर हुसेन भन्दा पनि क्यारेक्टरका रूपमा चिनिरा’हुन्छन्। चिन्नेले बाटोमा हिँड्दा घेर्छन्। फोटा खिच्छन्। अनि, फिल्म ‘होस्टेल रिटर्न्स’मा मैले बोलेको डायलग ‘ओए, अकेले छ भनेरे हेपेको’ भन्न लगाउँछन्।

कहिलेकाहीँ म ट्याक्सीमा चढेको बेला बाटोमा उभिनेले चिनेको जस्तै गरी हेरिरा’हुन्छन्। त्यतिखेर रमाइलो लाग्छ। अस्ति भर्खर म कोठाछेउको डिपार्टमेन्ट स्टोर पसेको थिएँ। त्यहाँ एउटा जोडीले मलाई नियालिरहेको थियो। दुईमध्ये एकले ‘ऊ त्यो ‘जंगे’ फिल्मको भकु होइन?’ भन्दै थियो। अर्कोले ‘होइन, कहाँ यहाँ भेटिन्छ र?’ भन्दै डिसकस गरिरहेका थिएँ। पछि उहाँहरूले मलाई सोध्नुभयो। मैले ‘हो’ भनेपछि फोटो खिचाउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार