सुन्दरी गायिका समिक्षा अधिकारी

काठमाडौं। 

केही छैन चिन्ता, केही छैन् पिर, 

खुल्ला आकाशको पन्छि जस्तै घुम्छु चारै तिर।

फेरि कहाँ आउँछ र घुमेर, बालापनको उमेर।।।

चलचित्र ‘नाइ न भन्नु ल-५’ को यो गीत धेरैले सुन्नुभएको होला। यो गीतमा एकदमै मिठो स्वर थियो- बाल गायिका समिक्षा अधिकारीको। १४ पूरा गरेर १५ वर्षमा प्रवेश गर्न लागेकी समिक्षाको जीवनको टर्निङ प्वाइन्ट नै यही गीत बन्यो। 

विद्यालय तथा अन्य कार्यक्रममा गीत गाइराख्ने समिक्षा कक्षा ८ मा पढ्दै थिइन्। असारको महीना थियो। छक्का पञ्जा-३ को टिम चलचित्र छायांकनको लागि उनको गाउँमा पुगेको थियो। उनले ‘नाई ल भन्नु ल-२’ को गीत, ‘यी आँखामा तिमी छौं। यो मनमा तिमी छौं।’ गाईन्। 

क्यामेराम्यान पुरुषोत्तम प्रधानले समिक्षाको श्‍वर निकै मन पराए। समिक्षाको आवाज रेकर्ड गरेका प्रधानले काठमाडौं पुगेपछि निर्माता तथा निर्देशक विकासराज आचार्यलाई सुनाए। उनले ‘नाई ल भन्नु ल-५’ का लागि तयार पारिएको बालापनको उमेर गीत गाउन दिने योजना बनाए।  

एक महीनामै उनलाई काठमाडौंबाट बोलावट भयो। काठमाडौं पुगेपछि समिक्षाले त्यही, “फेरि कहाँ आउँछ र घुमेर, बालापनको उमेर” बोलको गीत गाउँने मौका पाइन्। जुन गीतले समिक्षालाई धेरै सर्जकमाझ चिनिने मौका मिल्यो।  

त्यस गीतबाट समिक्षाले १० हजार रूपैयाँ पारिश्रमिक पाईन्। जुन उनको पहिलो पारिश्रमिक थियो। त्यसपछि भने समिक्षालाई गीतका लागि अफर नआएको दिन नै छैन्। 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार