पार्टी भित्रबाट असहयोग, गुटबन्दी र घेराबन्दी भएपछि बाध्य भएँ : प्रधानमन्त्री ओली (पूर्णपाठ)

काठमाडौं, ६ पुष । प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुद्ध असहयोग , गुटबन्दी र घेरावन्दी भएपछि बाध्य भएर संसद विघटनको बाटो समात्नु परेको दोहोर्याउनु भएको छ ।

संसद विघटनबारे प्रष्ट पार्न आइतबार अपरान्ह देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले जनादेश विपरीत बार्गेनिङ गर्ने, विसंगत गतिविधि गर्ने र पद प्रतिष्ठा एवं दीवास्वप्नमात्र पूरा गर्न खोज्नेहरुको घेरावन्दीमा सरकार परेको दावी गर्नुभयो ।

उहाँले सरकारले दूरगामी महत्वको काम गरेको र मुलुकको हितमा धेरै अहम सवालको कार्य गरेको दावी गर्दै विपक्षी दललाई पनि उछिनेर पार्टी भित्रैबाट विरोध सुरु भएपछि आफुसंग नयाँ जनादेश भन्दा अर्को विकल्प नरहेको प्रष्ट पार्नुभएको छ ।

देशलाई अनन्तकालसम्म अस्थिरतातर्फ धकेल्न पार्टी भित्रकै नेताहरु सक्रिय
प्रधानमन्त्री ओलीले जनहितको पक्षमा र देश विकासको क्षेत्रमा कुनै पनि काम गर्न नदिने दाउँपेच पार्टी भित्रबाट सुरु भएपछि आफुसंग अर्को विकल्प नरहेको पनि प्रष्ट पार्नु भएको छ । उहाँले वर्तमान सरकारको ३ बर्षको यात्रामा धेरै महत्वपूर्ण कार्य भएको दावी गर्दै दुई छिमेकीसंगको सम्बन्धमा पनि नयाँ शीराबाट आयाम सुरु भएको बताउनुभयो ।

देशको स्वाधीनता र स्वाभिमानका लागि दीर्घकालीन महत्वको धेरै काम भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले देशबाहिर गएर आफु र देश हित विपरीत कार्य गर्ने , आफु देशमा नभएको बेला मुलुक नै डुब्यो भनेर अभिव्यक्ति दिने जस्ता कार्य भएको गुनासो गर्नुभयो ।

उहाँले पार्टी भित्रकै केही नेताहरु देशलाई नै अनन्तकालसम्म अस्थिरतातर्फ धकेल्न लागिपरेको आरोप लगाउँदै अहिलेको कदम अस्वभाविक र अकस्मात जस्तो देखिए पनि यो अवस्था धेरै अगाडि नै सिर्जना भइसकेको दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार