नायक राजेश हमालले पछिल्लो समय गरेको विभिन्न गतिविधिलाई लिएर सामाजिक सञ्जाल टीकाटिप्पणी सुरु भएको छ, केही महिना अगाडि कमेडि कलाकार दिपाश्री निरौला र दिपक राज गिरीले राजेश हमालकाे महानायकत्व माथि प्रश्न गरेका थिए, त्यसलगत्तै दिपक र दिपा निकै विवादित भएका थिए ।
पछिल्लो समय पुनः राजेश हमाललाई पुनः विवादमा ल्याउने प्रयास भएको छ, राजेश हमालले मनलाग्दि म्युजिक भिडियो खेल्ने थालेपछि उनको महानायकत्व माथि प्रश्न खडा गरिएको हाे । हुनत मैले राजेश हमाल विरोधी विभि पत्रकार देखि कलाकार सँग महानायक विवाद ताका वारपारकाे खेल खेलिसकेकाे छु, मैले ति अराजक पत्रकार र नियोजित रुपमा खटिएका भाडाका कलाकार विरुद्ध निडर भएर भिडेकाे कारण उक्त मुद्दा त्यतिबेलै सेलायाे पनि ।
राजेश हमालले पछिल्लो समय अत्याधिक म्युजिक भिडियो गरेको र कुनै पनि भिडियो गुणस्तरीय नभएको भन्दै केही शुभचिन्तक आक्राेसीत भएका थिए ।
यता राजेश हमालले पैसाको लागि दर्शकको इच्छा बिपरित मनलाग्दि भिडियो खेलेको पनि कतिपयले टिप्पणी गरेका छन् ।यस्तै विभिन्न बिषयलाई आधार बनाएर राजेश हमाललाई विवादित बनाउने निरन्तर प्रयास भैरहेको छ ।