राष्ट्रपति भनेको हाम्रो संविधानको अभिभावक हुनु पर्ने, कुनै व्यक्ति वा समूहको संरक्षक भइदिइन्, यो डरलाग्दो कुरा हो – श्रृङ्खला खतिवडा

काठमाडौं – मिस नेपाल ‘मिस नेपाल वर्ल्ड २०१८’ हेटौडाकी श्रृङ्खला खतिवडा अहिलेको राजनीतिक घटना देखेर निकै दुखि भएकी छिन् । इन्जिनरिङकी विद्यार्थी श्रृंखला बौद्धिक रुपमा तेज छिन् । उनी सामाजिक काम र पर्यटनमा पनि उत्तिकै रुचि राख्छिन् । श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन् ।

शृंखला मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद विरोध खतिवडाकी छोरी हुन् । उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् ।
उनले समाजिक संजालमा पछिल्लो राजनीतिक घटनालाई लेख्दै आफ्ना बिचार राखेकी छन् : उनि लेख्छिन्, अँह, म अहिले भइरहेको घटनामा तटस्थ हुन सक्दिन । मलाई दुख लागेको छ र निराश छु ।

१. दशकौँको राजनीतिक अस्थिरता पछि हामीले देखेको पहिलो स्थिर सरकार यहि थियो । पार्टीको आन्तरिक झगडाको लागि, सत्ता जोगाउनको लागि कसैले यति ठुलो कदम चाल्छ भने हामी के भनेर आश गर्ने ? म एउटा मतदाताकोरुपमा विश्वासघात भएको महसुस गरिरहेको छु ।

२. महामारीको विचमा हामी पहिले नै आर्थिक अभावमा छौँ । हामी तत्कालै चुनावलाई धान्न सक्दैनौँ ।

३. राष्ट्रपति भनेको हाम्रो संविधानको अभिभावक हुनु पर्ने । कुनै व्यक्ति वा समूहको संरक्षक भइदिइन् । यो डरलाग्दो कुरा हो ।

४. हो, फेरि चुनाव होला, भोट पनि गरौँला तर कसलाई चुन्ने ? फेरि त्यहि अनुहार ? १४० दिनमा चुनाव छ । नयाँ आश केहि छैन । भएको आशा नि मरिसक्यो । म धेरै सुखद भविष्य आशा गर्न सक्दिन । अझै आशा गर्छु कि मेरो अन्तरआत्मा गलत होस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार