झुट बोलेर हवाइजहाजमा यात्रा गरिरहेका कोरोना संक्रमितको यात्राकै क्रममा मृ’त्यु

काठमाडौं। झुट बोलेर हवाइजहाजमा यात्रा गरिरहेका कोरोना संक्रमित व्यक्तिको यात्राकै क्रममा मृत्यु भएको छ । यी व्यक्तिकी श्रीमतीले पारामेडिक्सलाई उनीमा विगत १ हप्तादेखि कोरोनाको लक्षण देखिएको बताएकी थिइन् । उनले सुँघ्ने र स्वाद थाहा पाउने क्षमता पनि गुमाएका थिए । तर, यी महिलाले ती व्यक्ति कोरोना संक्रमित नभएको बताउँदै लस एन्जल्स पुगेर परीक्षण गराउने बताएकी थिइन् ।

फक्स लस एन्जल्सको रिपोर्टका अनुसार जहाज उड्नुभन्दा पहिले नै यी व्यत्तिः काँपिरहेका थिए र उनलाई पसिना आइरहेको थियो । जहाज उडेपछि ती व्यक्तिको हालत झनै बिग्रिँदै गयो र जहाजलाई न्यू ओरलिएन्समा आकस्मिक अवतरण गराउनु पर्यो ।

यी व्यक्तिले फ्लाइटमा मास्क लगाएका थिए र एक घण्टाको यात्रापछि उनले सास फेर्न छाडेका थिए । त्यसपछि केबिन क्रुले पारामेडिक्सको सहयोग मागे । टोनी उल्डापा नामका व्यक्तिले संक्रमणको खतरा उठाउँदै ती व्यक्तिलाई बचाउने प्रयास गरेका थिए तर संक्रमित व्यक्तिको मृ’त्यु भयो ।

टोनीले ट्वीट गर्दै भनेका छन् ‘एक व्यक्ति जो कोरोनाबाट ग्स्त थिए । मैले सीपीआरको सहाराले उनको ज्यान बचाउने कोसिस गरें । मलाई थाहा छ यसमा धेरै जोखिम पनि थियो । मैले यी यात्रीकी पत्नीसँग उनको मेडिकल इतिहासबारे सोधेको थिएँ ।

तर उनले यी व्यत्तिः कोरोना संक्रमित भएको बताइनन् बरु लस एन्जल्समा उनको कोरोना परीक्षण हुने बताएकी थिइन् ।’ यो घटनापछि अधिकारीहरुले अन्य यात्रीहरुसँग सम्पर्क गर्ने कोसिस गरिरहेका छन् । क्रु टिमलाई २ हप्ताको आइसोलेसनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार