रुवाउने कथा: सार्कीको छोराले बस्नेतको छोरी बिहे गरेपछि २० वर्षदेखि यस्तो अवस्था भोग्दै…

चितवन – मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन । रगत रगत सबैको एउटै हो कसैको कालो र कसैको रातो हुँदैन । भन्ने यो भनाईलाई ठूला जाति भन्नेहरुले सजिलै बुझिदिएको भए आज समाजमा जातिय भेदभावको विभेद नै हुने थिएन ।

आज न जाजरकोट र रुकुम घटना घट्ने थियो न त फेरी चितवनमा २० वर्षको यो दुःख लाग्दो एउटा प्रेम गर्ने जोडीको कथा सुन्ने पर्ने थिएन । नाम पदम बहादुर सार्की । घर चितवनको शक्तिखोर । बस्नेतकी छोरीसंग प्रेम विबाह गरेको २० वर्ष भएछ ।

आजभन्दा २० वर्ष पहिले सरिता बस्नेतसंग प्रेम गरेका पदमको ससुराली गाउँमै चार घर पर छ । तर पनि न उनको न त उनकी श्रीमतीको ससुरालीमा आवतजावत नै छैन । सरल बोली भएका पदम श्रीमती सरितातिर देखाउँदै भन्छन्,‘म सार्कीको छोरा हुँ र मैले बस्नेतकी छोरीलाई प्रेम गरेर भगाएर यिनलाई बिहे गरेको आज २० वर्ष भईसकेको छ ।

तर मलाई अहिलेसम्म ससुरालीको घरमा पलेटी कसेर एउटा ज्वाईले कसरी खाना खान्छ त्यो थाहा छैन ।’ १५ वर्षको लाग्दै गर्दा मायालाई रोजेर पदमकै हात थामेर पदमसंग बिहे गरेकी सरिताले पनि गाउँमै माईति हुँदा पनि माईतिको आश्रय पाएकी छैनन् । उनकालागी के तीज के तिहार । सबै विगत २० वर्षदेखि फिका हुँदै आई रहेको छ ।

‘छोरा छोरीले सानसानै हुँदा आमा हामीलाई पनि नयाँ लुगा लगाईदिनुस् न हामी पनि अरु जस्तै मामा घरमा जाने भनेर जिद्यी गर्दा म धेरै रोएको छु ।’ उनले भनिन् । सरिताको भनाई अनुसार छोराछोरीले मामा घरमा जाने जिद्यी प्राय चाडपर्व आउँदा गर्ने गर्थे त्यति बेला चडपर्व नै नआई दिए हुन्थ्यो जस्तो लाग्थ्यो । भिडियो भिडियो यहाँ छ 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार