‘हजुरलाई जाडो भय मेरो पछ्यौरी लिस्यो”भन्दै अञ्जली अधिकारी र समिक्षा अधिकारी(भिडियो)

गायिका समिक्षा अधिकारी गायक अर्जुन साप्कोटा र रबिन लामिछानेको स्वोरमा रहेको लोकदोहोरी गीत “पछेउरि लिस्यो “आज मात्र बजारमा सार्वजनिक भएको छ ।

रबिन लामिछानेले शब्द सिर्जना गरेको गीतमा अर्जुन साप्कोटाको संगीत रहेको छ ।

यो गीतको भिडियोमा मोडल बिमल अधिकारी र अन्जली अधिकारीले अभिनय गरेका छन् । यो गीत ओम शिव फलिम्सले बजारमा ल्याएको हो ।

यो गीतकी गायिका समिक्षा अधिकारी कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकमा ३ साउन, २०६२ मा जन्मिएकी हुन।उनी अहिले काठमाडौंमै बस्दै आएकी छिन्। बुबा देविलाल अधिकारी र आमा माया अधिकारीको कोखबाट कान्छी छोरीको रूपमा जन्मिएकी समिक्षाले ८ कक्षासम्मको अध्ययन गाउँकै महेन्द्र माविमा गरिन्। 

त्यसपछि उनी काठमाडौं आईन्। काठमाडौंमा पढाईसँगै सांगितिक यात्रालाई अगाडि बढाउँदैं आएकी छिन्। 

“बाल्यकालमा थोर-थोरै गुनगुनाउँथे। तर, स्वर भने त्यति राम्रो थिएन्। म आफैँलाई त्यति राम्रो लाग्दैंनथ्यो।” समिक्षाले भनिन्, “एकाएक कसरी यस्तो भयो म आफैं अचम्ममा परेकी छु।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार