नायिका शिल्पा पोखरेलको जन्म दिन, भन्छिन अदालतमा मुद्धा चलिरहेकाले मन खुशी हुन सकिरहेको छैन्

काठमाडौं-नायिका शिल्पा पोखरेलको आज जन्म दिन परेको छ । शिल्पालाई सामाजिक संजाल मार्फत शुभकामना दिनेको ओइरो लागेको छ । श्रीमान तथा फिल्म निर्माता छविराज ओझासँग अदालतमा म्बन्ध विक्षेदको लागि निवेदन दिएका हुनाले यसपालीको जन्मदिनमा उनमा कुनै उत्साह र उमंग नभएको उनी बताउछिन् । अघिल्ला वर्षको जन्मदिनमा उनी आफ्नो व्यक्तिगत जीवनलाई सुन्दर रुपमा अगाडि बढाउने अठोट गर्ने गरेकी अहिले भने जन्मदिनमा मन खुसी नभएको बताउछिन् ।

उनी भन्छिन्, ‘पहिला मेरो पर्सनल लाइफ राम्रो होस् भनेर कामना गर्थेँ । त्यो त खराब नै भयो । अब भगवानले नै बुझेर दिनुहुन्छ ।’ सपछि छविराजकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी दिएपछि जिल्ला अदालत काठमाडौंले दुवैलाई पक्राउ गर्न आदेश दिएको थियो । तर, सर्वोच्च अदालतले दुवैलाई तत्काल पक्राउ नगर्न आदेश जारी गर्‍यो ।

नयाँ लाइफ पार्टनरको बारेमा अहिले कुनै सोच नभएको बताउने शिल्पाका को नेपाली फिल्म ‘आर्या’ प्रदर्शनको पखाईमा छ ।गएको हप्ता भोजपुरी फिल्म ‘प्रेमगीत २’ को छायांकन सकाएकी छन् । शिल्पाले ‘लज्जा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । अहिले सम्म उनले हवल्दार सुन्तली, किस्मत २, मंगलम’ लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार