कोरोना भाइरसको ‘नयाँ प्रकार’ देखिएको बेलायतमा फाइजर र मोडेर्नाको खोप परीक्षण

काठमाण्डाै – कोरोना भाइरसको ‘नयाँ प्रकार’ देखिएको बेलायतमा फाइजर, बायाेटेक र मोडेर्नाको खोप परीक्षण गरिएको छ । यी खोपले नयाँ प्रकारको कोरोनाका लागि काम गर्छ कि गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको स्वास्थ्य अधिकारीले बताएका छन् ।

परीक्षणका लागि केही रगत सङ्कलन गरिएको छ । बेलायतमा गरिएको यो परीक्षणबाट त्यसले काम गर्ने वा नगर्नेबारेमा एक हप्तामा मात्रै यकिन हुने खबरमा उल्लेख छ । तर कोरोना भाइरसविरुद्धको खोप हुनाले काम गर्ने सम्भावना उच्च रहेको मोडेर्नाले दाबी गरेको छ ।

भाइरसमा धेरै परिर्वतन थपिन गयो भने त्यो चिन्ता गर्नुपर्ने विषय हुन सक्ने क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताउनुभएको छ । बेलायतमा देखिएको कोरोना भाइरसको ‘नयाँ प्रकार’ लाई लिएर अन्तर्राष्ट्रियरूपमै चिन्ता बढ्दो छ । अहिलेसम्म ४० वटाभन्दा बढी देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् ।

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले कम्तीमा ६० अलग–अलग स्थानीय प्रशासनले यस नयाँ प्रकारको कोभिड सङ्क्रमण भेटिएको जानकारी दिएको बताउनुभएको थियाे । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई जानकारी लिएको र बेलायती वैज्ञानिकले यसबारेमा विस्तृत अध्ययन गरिरहेको उहाँले बताउनुभएको थियाे ।   

यो नयाँ प्रकारको सङ्क्रमण अझ फैलिन सक्ने र खोपले पनि यसलाई काम नगर्ने हुन सक्ने मन्त्रीको भनाइ थियाे ।  

उहाँले पछिल्लो हप्ता लण्डन, केन्ट एसेक्स र हर्टफोर्डशायरका क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकोबारे सदनलाई जानकारी दिनुभएको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार