‘छक्का पन्जा ३ युट्युबमा

काठमाडौं – अभिनेता दिपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको ‘छक्का पन्जा ३’ युट्युबमा रिलिज गर्ने तयारी गरिएको छ ।

एकाबिहानै निर्माता तथा अभिनेता दीपकले सामाजिक संजालका माध्यम मार्फत यो कुरा आफ्ना फ्यान तथा शुभचिन्तकलाई जानकारी गराएका हुन् । दीपकका अनुसार ‘छक्का पन्जा ३’ आज बेलुका ६ बजेर ३ मिनेटमा युट्युबमा रिलिज हुनेछ ।

उनले भनेका छन् ( Highlights nepal ले बिहानै जानकारी दियो छक्का पन्जा ३,आज बेलुकि छ बजेर ३ मिनेटमा 4k quality सहित YouTube मा upload हुदैछ …शुभदिन!!!

दिपाश्री निरौलाले निर्देशन गरेको यस चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

जुन चलचित्रले नेपाली चलचित्रको इतिहाँसमा बम्पर ब्यापार गर्दै किर्तीमानी रेकर्ड नै कायम गर्न सफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार