नयाँ देखिएको कोरोना भाइरस पुरानो भन्दा खतरा

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ अझ बढी सं’क्रामक रुप सम्बन्धी अन्तर्राष्ट्रिय चि’न्ता बढेसँगै थुप्रै मुलुकहरुले यतिबेला बेलायतबाट हुने उडानलगायत यात्रामाथि प्र’तिबन्ध लगाएका छन् ।

युरोपेली यु’नियनले संयुक्त नीति लागू गर्ने कुरा च’लाइरहँदा ४० भन्दा धेरै राष्ट्रहरुले बेलायती आगमनलाई नि’षेध गरिसकेका छन् । डेनमार्कमा पनि त्यस्तै नयाँ भाइरस फेला परेपछि स्वीडेनले त्यहाँबाट हुने यात्रामाथि समेत प्र’तिबन्ध लगाएको हो ।

यो नयाँ रु’पान्तरित भाइरस पहिलेभन्दा बढी सं’क्रामक भएको बताइएको छ तर ख’तरनाक हुन सक्ने चाहिँ कुनै प्रमाण छैन ।

यसबीच विश्व स्वास्थ्य सं’गठनले यो विषयबारे बुझ्न बेलायतसँग नजिकी सम्पर्क राखिरहेको जनाएको छ । डब्लूएचओका इ’मरजेन्सी प्रमुख, मा’इक रायनका अनुसार भाइरसको यो नयाँ रुप म’हामारी विकसित हुँदै जानुको हि’स्सा हो र यो नियन्त्रण बाहिर गइसकेको छैन ।

तर अर्कोतर्फ आइतबार मात्र बेलायतका स्वास्थ्य सचिव म्या’ट हे’नककले चाहिँ यो नयाँ भाइरस अ’नियन्त्रित अवस्थामा पुग्न लागेको बताएका थिए ।

यसबाहेक उता अफ्रिकामा केही देशहरुले यात्रा प्र’तिबन्ध लगाएका छन् । त्यहाँ पनि अर्को नयाँ रुपान्तरित भाइरस फेला परेको खबर गरिएको छ तर यसको बेलायतसँग भने कुनै सम्बन्ध छैन ।

युरोपभर अ’धिकांश मुलुकहरुले अहिले यो बढी सं’क्रमक नयाँ किसिमको भाइरसलाई फै’लनबाट रो’क्न बेलायतबाट हुने उडानलगायत सबै यात्रामा प्र’तिबन्ध लगाइसकेका छन् । फ्रान्सले यसअघि विमानका साथै पानी जहाजको आवत्जावत्लाई पनि नि’षेध गरेको हो ।

यस्तोमा प्रधानमन्त्री बोरीस ज’न्सनले व्या’पारीक क्रियाकलाप राख्न फ्रान्सका राष्ट्रपति इ’म्यानुअल म्या’क्रोनसँग छलफल गरिरहेको बताएका हुन् । भारत, इरानदेखि क्यानडासम्मले अहिले बेलायतबाट हुने यात्रा नि’षेध गरेका छन् । – बीबीसीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार