संसारभरी सेयर, असम्भव तर चमत्कार : ३ महिनामा जन्मिएकी नानी हुर्किदैछिन् !

काठमाडौ । अहिले एउटा भिडियो संसारभरी नै सेयर भइरहेको छ । नहोस्पनि कसरी जब चमत्कार नै भयो । एक आमाले आफ्नी छोरी ग्रेसको अविश्वसनीय प्रगति भन्दै भिडियो र तस्विर सेयर गरिन् ।

जसमा केवल तीन महिना १४ दिनमा नै शिशु जन्मिएको बताइएको छ । यो दुनियाँकै लागि आश्चर्यजनक अवस्था हो । अद्भूत क्षण हो । स्वास्थ्य विज्ञानमा अहिलेसम्म नभएको घटना यो भएको छ ।

उनले लेखिन् मेरी छोरी पार्किन्सको चमत्कारीक बृद्धीले हामी अति नै खुशी छौ । जुन मेडिकल साइन्शमा असम्भव समेत सम्भव भएको छ । उनको छोरी जन्म असम्भव जस्तै हो । किनकी उनको तौलपनि केवल एक पाउन्डको थियो ।

यी चमत्कारीक छोरी तीन महिना पछि पाँच पाउण्डको तौलकी भएकी छिन् । पार्किन्सले उनको छोरीको परिवर्तनको पूर्ण विवरणलाई पोष्ट गर्दै उत्सव मनाएकीछिन् ।

मेरी सानी नानीलाई तीन महिनाको जन्मदिनको शुभकामना । म विश्वास गर्न सक्दिन कि उनी यति थोरै समयमा कति हुर्किएकी छिन् । ” उनी लेख्छिन् छोरी हामी तपाईका आमा बुबा हुन पाएकोमा धेरै भाग्यशाली छौं । एकै दिनमा अपलोड गरिएको पोष्ट भाइरल बन्यो । लाखौ सेयर हुन थाल्यो । अधिकांश व्यक्तिले कमेण्टमा लेख्न थाले कस्तो प्यारी, कति आश्चर्यकर्म हुन्।

एनएचएसका अनुसार मात्र २३ हप्तामा जन्मेका शिशुहरू बाँच्न सक्दैनन् किनकि उनीहरूको फोक्सो र अन्य महत्त्वपूर्ण अंगहरूको विकास नै भएको हुँदैन । यो असम्भव नै हो । भाग्यवस, नवजात शिशु हेरचाहमा भर्खरको चिकित्सा प्रगतिको परिणाम यी शिशु बचाउन सकियो ।

त्यहाँका चिकित्सक र मेडिकल काउन्सिलले समेत यो कुराको स्पष्टता दिइरहेका छन् । उनीहरु भन्छन् यो अर्थ चिकित्सा क्षेत्रको अतुलनीय मानविय हस्तक्षेप हो । मानिसहरु अब असम्भवलाई सम्भव बनाउँन योग्य बनिसके भन्ने यो एक उदाहरण हो ।

समय भन्दा पहिले जन्मेका बच्चाहरू त बचाउँन सकिन्न भन्ने हाम्रो नेपालको स्वास्थ्य संरचनालाई यो घटनाले नराम्ररी पाठ सिकाएको छ । इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एउटा अध्ययनले २३ हप्तामा बच्चा बाँच्नै नसक्ने दावी गरेको छ । केही समय बाँचेपनि शरीर पूर्ण नहुने दावी थियो । तर उनी त अब एकदम स्वस्थ छिन् ।

एउटा इन्स्टाग्राम पोष्टमा नानीकी आमा पार्किन्सले एनआईसीयूमा भएका खराब दिनहरू वर्णन गर्दछिन् । हामी पल पल डराएका थियौँ । माया दिनदिनै बढिरहेको थियो ।

सानो ग्रेसले पनि धेरै रक्तक्षेपणहरू सहनुपरेको थियो । यति धेरै कि तीन महिनामा उनी जीवित रहँदा सम्म धेरै नै मल्टि सर्जरीहरू भएका छन् । मेसिनमा नै राखेर हर्काइएको छ । अब भने आमाको हातमा आएकी छिन् ।

अझैपनि उनीसँग धेरै अवरोधहरु छन् । तर उनकी आमा आशावादी छिन् कि उनी अर्को केही हप्तामा घर आउन सक्षम हुनेछन्। उनी हर्सित हुँदै लेख्छिन् अझै मेडिकल सपोर्ट जारी रहेपनि अहिले मेरी छोरी आफ्ना माता–पितालाई उनको पहिलो मुस्कान देखाइरहेकी छिन् ।

दुनियाँकै सबैभन्दा खुशी ब्यक्तिको रुपमा हामीले महसुस गरेका छौ । उनी लेख्छिन् । हाम्री नानीका लागि सबैले शिघ्र स्वास्थ्य लाभको कामना गरिदिनुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार