जाडोमा स्वास्थ्यको ख्याल कसरी गर्ने ? (भिडियाेसहित)

हामीले जाडो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । जाडोमा विभिन्न खालका भाइरसहरू सक्रिय भइरहेका हुन्छन् । जसका कारण जाडो मौसममा रुघाखोकी, टन्सिलजस्ता संक्रमण बढिरहेका हुन्छन् । त्यसमाथि पनि कोरोना भाइरसका कारण यो वर्षको जाडोमा हामीले अझै बढी आफ्नो ख्याल राख्न आवश्यक छ ।

जाडोमा विशेषगरी दीर्घरोग हुनेहरूले ध्यान दिनुपर्छ । त्यसमा पनि बाथ, स्वासप्रस्वास सम्बन्धी दम र मुटुका रोगीहरूले अझै बढी ध्यान दिनुपर्छ । जाडोयाममा स्वासप्रस्वासका लागि प्रयोग हुने जुन नलीहरू हुन्छन् ती नलीहरू खुम्चिने गछनर्् ।

जाडोको कारणले रक्तनली साँघुरो भएर जान्छ जसले गर्दा रक्तचाप बढ्छ, यसले पक्षघात हुन सक्ने खतरा हुन्छ । मुटु सम्बन्धी समस्या हुनेहरूलाई हृदयघात पनि हुनसक्ने खतरा हुने गर्छ । बाथ सम्बन्धी व्यथाले जुन मासु र हड्डी तन्किनु पर्ने हो त्यो तन्किन पाउँदैन । जसले गर्दा बिरामीलाई समस्या हुन्छ ।

त्यस्तै सामान्य अवस्थामा रहेको व्यक्तिलाई सताउने भनेको भाइरलको संक्रमणले हो । जाडो मौसममा अधिकांशलाई रुघाखोकी लाग्ने, घाँटी खसखस हुने, एलर्जी हुने, टन्सिल हुने समस्या हुने गर्छ । गर्मीबाट जाडोमा आउँदा एलर्जी हुन्छ । जाडोयाममा विशेष किसिमको भाइरसको चहलपहल हुने भएकोले भाइरस हाम्रो शरीरमा सजिलै प्रवेश गर्छ र हामी बिरामी पर्छौं । यस्ता संक्रमणबाट जोगिन भीडभाडमा नजाने, जानै परे सावधानी अपनाउनु पर्छ । कोरोना भाइरसले हामीलाई अनिवार्य रुपमा मास्क लगाउने बानी बसाएको छ । यसरी नै बाहिर निस्किदा मास्क प्रयोग गर्नुपर्छ । यस्ता संक्रमणबाट बच्न सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।

मौसमी रुघाखोकी लागेका व्यक्तिले अरूलाई नसरोस् भन्नका लागि आफूले प्रयोग गरेका रुमाल या टिस्यु पेपर जथाभाबी नराख्ने, सुरक्षित ठाउँमा मात्र राख्ने गर्नुपर्छ । छुट्टै ठाउँमा बसेमा अरूलाई संक्रमण सर्दैन । हातबाट भाइरस संक्रमण नहोस् भनेर सेनिटाइजर (हात सफा गर्ने तरल पदार्थ) प्रयोग गर्ने । सार्वजनिक स्थलका झ्याल, ढोका या बसका डण्डी छोएर त्यही हातले आँखा, नाक, मुख नछुने । किनकि यी भागबाट भाइरस संक्रमण हुन सक्छ 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार