गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित

तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको गए राति निधन भएको छ । मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जि’उँदो इतिहास घलानको गएर गए राति निधन भएको हो । घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ ।

दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाकोे निधनपछि घलान मात्र राणा शासकका लागि गाडी बो’केर काँ’ध खि’याउने एक मात्र जीवित पात्र थिए । वडाकै सबैभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताए ।

जीवनभर २५ गाडी बो’क्नु भएका घलानले विसं २००६ देखि नै गाडी बोक्न शुरु गरेका थिए । उनले ९६ जनाले बो’क्ने गाडी एक पटक मात्रै बोकेका थिए भने भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोकेका थिए । राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बो’क्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे ।

थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बो’केका थिए । आफ्ना बुबाले राणाहरुको गाडी बो’केको र ला’ठे भएपछि आफू पनि त्यही काममा लागेको घलानले केहि समय अगाडी सुनाएका थिए । एक वर्षदेखि प’क्षाघा’तले था’लिएका उनि घरमै बसेर आराम गरिरहेका थिए । उनकादुई छोरा र तीन छोरी छन् ।

मकवानपुरको दुर्गम गाउँ । भीरपाखाको जग्गा जमिन । हातमुख जोर्न सहर र मधेश पस्नुपर्ने बाध्यता । तिनै बा’ध्यता पछ्याउँदै घलान १३ वर्षकै उमेरमा मधेश झरे । घलानले गा’डी बो’क्नुभन्दा पहिले नै गाडी चढेका रहेछन् । काम गर्न वीरगञ्ज जाने सिलसिलामा उनले पहिलोपटक मोटरमा टेक्न पाए ।

केहि समय अगाडिको कुराकानीमा उनले भनेका थिए, ‘म सानैमा मोटर चढेर वीरगञ्ज गएको हुँ, त्यहाँबाट फर्केर गाउँ आएपछि मात्रै मोटर बोक्न थालेँ ।’ त्यसबेला अहिलेजस्तो सवारीसाधनको ब्रा’ण्ड थाहा थिएन । त्यसो त उनीहरु साना मोटर र ठूला मोटर भन्ने गर्दथे । कामकै सिलसिलामा त्यसैबेला उनी दिल्ली, बम्बईदेखि कलकत्तासम्म पुगेर पाखुरा खि’याएको सम्झिन्छन् । पहिले नै मोटर चढ्न पाएकाले उनलाई मोटर बोक्नु खासै नौलो लागेन ।

घलानले वि.सं. २००६ सालदेखि गाडी बोक्न थालेका हुन् । उनले आफू १८ वर्ष हुँदादेखि त्रिभुवन राजपथ नबनेसम्म साना ठूला गरी २५ वटा गाडी बो’के । अहिले हेटौँडा, कुलेखानी हुँदै मोटरबाटो काठमाडौं पुग्न करिब ३ घण्टा लाग्छ, त्यतिबेला गाडी बो’केर ल्याउँदा कति समय लाग्यो होला ?

‘हलुका गाडी १२ दिनमा पनि पुर्याउन सकिन्थ्यो, गह्रौँ गाडीलाई भने २५ दिनसम्म लाग्थ्यो’, घलानले आफ्नो अतीत स्मरण गरे । सानो गाडीलाई थोरै र ठूलो गाडीलाई धेरै समय लाग्ने होला भन्ने कल्पना विपरीत घलानले भने, ‘गाडी कति हलुका र कति गह्रौँ भन्नेमा भर पर्छ ।’

यसरी काँ’धमा बो’किन्थ्यो गाडी

घलानले ९६ जनाले बोक्ने गाडी एक पटकमात्रै बो’क्न पाए भने ६४ जनाले बोक्ने गाडी १० खेप जति बोके । बाँकी साना गाडीहरु भने ३२ जनाले बोकेको उनी सम्झिन्छन् । एउटा सिंगो गाडीलाई कसरी बोक्ने त ? सबैभन्दा पहिले गाडीको च’क्का र बम्परहरु निकालिन्थ्यो । त्यसपछि गा’डीको चक्का बस्ने ठाउँमा दुईतिर ठूल्ठूला पोलजस्ता नोलहरु राखिन्थ्यो ।

त्यसमा साना नोलहरु राखेर बाबियोको डो’री’ले क’सेर नो’ल र गा’डी एक ढि’क्का हुने गरी बाँ’धेपछि अ’गाडि र पछाडि बराबर संख्यामा भरियाहरु बस्थे । अनि एकसाथ बल गरेर हो’स्टे हैं’से गर्दै बोकिन्थ्यो । गाडी बोक्ने काम भरियाहरुको हुन्थ्यो भने त्यसको व्यवस्थापनका लागि नाइके र महानाइके भनेर तोकिएको हुन्थ्यो । उनीहरुले नै भरिया छनौट गर्नेदेखि अन्य व्यवस्थापनका कामहरु गर्थे ।

हलुका गाडी पर्याे भने उनीहरुले एकैदिनमा कुलेखानीसम्म पनि ल्याई पुर्याउँथे । गाडी बो’क्न भीमफेदी, सानो फाखेल, ठूलो फाखेल, तोक्मार, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङदेखिका स्थानीय भरिया जाने गर्थे । ऊबेला आफ्नो गाउँमा मात्रै ४८ जना गाडी भरिया रहेको घलानको भनाइ छ । गाडी बो’केर चन्द्रागिरि चढ्ने मान्छेहरुले के खान्थे त ? प्रश्न गर्न नपाउँदै घलानले जवाफ फर्काए, ‘के खानु जाँ’ड, र”क्सी, मा’सु, ढिँ’डो, रोटी यस्तै यस्तै ।’

उनका अनुसार त्यसबेला ५ पैसाको मासु र ४ पैसाको फापरको रोटीले अघाउञ्जेल खान पुग्थ्यो । कतिपयले भने घरबाटै मकै, कोदो र फापरको पिठो लिएर जान्थे । यसरी लिएर गएको पिठो बास बस्ने ठाउँमा ढिँडो बनाएर खाने गरेको घलानको अनुभव छ । गाडी मार्खु, कुलेखानी र चित्लाङ पुगेर रोकेको दिन उनीहरु घरमै बास बस्न आउँथे । अरु दिन भने उनीहरुको बास गाडी रोकिएकै ठाउँका स्थानीय होटल र घरहरुमा हुन्थ्यो ।

भीमफेदीबाट गाडी बोकेर कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै थानकोट पुर्याइन्थ्यो । पहिले जहाँबाट गाडी बो’केर भित्र्याइन्थ्यो अहिलेका पुस्ता त्यहीँ पुगेर चन्द्रागिरि केबलकार चढ्छन् । गाडी बोक्न कति गाह्रो हुन्थ्यो त ? संक्षिप्त जवाफ दिन रुचाउने घलान सम्झिन्छन्, ‘गाह्रोसँगै रमाइलो पनि हुन्थ्यो ।’ त्यतिबेला अहिले जस्तो जुत्ता थिएन । उनीहरू खाली खुट्टै गा’डी बोक्थे त ?

होइन, उनीहरु परालको जुत्ता लगाउँथे । गाउँभरि परालको जुत्ता बनाउने जिम्मा पनि घलानकै हुन्थ्यो । त्यसो त हरेकले घरबाट परालको मुठो बोकेर जान्थे । गाडी बोकेर उकालो ओरालो गर्दा परालको जुत्ता कति दिन टिक्ला ? घलान भन्छन्, ‘बल्लतल्ल एकदिन टिक्थ्यो ।’ यसरी काँध खिइने गरी गा’डी बो’केबापत उनले ९ रुपैयाँ पाउँथे । त्यो पैसाले खाने कुरा किन्ने गरेको घलान बताउँछन् । उनीहरुलाई काममा लगाउने र पैसा दिने मान्छे भने कुलेखानीतिरका नाइकेहरु थिए ।

गाडी बो’क्ने चलन कसरी सुरु भयो ?

काँधमा गाडी बोक्नेहरुमध्ये घलान दोस्रो पुस्ताका भरिया हुन् । काठमाडौंमा गाडी लैजाने कुरा कसरी सुरु भयो त ? यस बारेमा घलानले आफूले सुनेको कुरा भन्दै एउटा कथा सुनाए । ‘मैले सुनेको कुरा है !’ सुरुमै सचेत हुँदै उनले आफूले सुनेका कुराहरु बताउन थाले । त्यसबखत काठमाडौंको नेवार समुदायका कुलबहादुर नाम गरेका एक व्यक्ति गाडी कम्पनीमा काम गर्थे । पछि उनी गाडी चालक पनि भए ।

उनै कुलबहादुरले दरबारमा गई काठमाडौंमा गाडी भित्र्याउन पाए शासकहरुलाई सुविधा हुने कुरा सुनाए । उनको कुरा सुनेर चकित भएका शासकहरुले गाडी भित्र्याउने जिम्मा उनैलाई दिए । उनले नै अमलेखगन्जदेखि भीमफेदीसम्म गाडी चलाएर ल्याउँथे । भीमफेदीमा नाइकेलाई गाडी जिम्मा लगाएर उनी काठमाडौं जान्थे । गाडी थानकोट आइपुगेको खबर पाएपछि उनै कुलबहादुरले चलाएर गाडीलाई दरबारसम्म पुर्याउँथे ।

१५ वर्षमा विवाह, १४ जना सन्तान

घलानको विवाह १५ वर्षको उमेरमा गाउँकै ठूलीमाया घलानसँग भयो । दुवै जना गाउँकै भएकाले उनीहरुबीच दिनहुँजसो भेटघाट हुन्थ्यो । यसैक्रममा उनीहरुले एकअर्कालाई मन पराए र मागी विवाह गरे । हिराबहादुर भन्दा १७ दिनले जेठी छिन् ठूलीमाया । विवाहको प्रसंग निस्किनासाथ यी दम्पतीको चाउरिएको चेहरामा एकाएक चमक छायो ।

हिराबहादुरसँग जीवनको अतीतहरु खोतलिरहँदा ठूलीमाया पनि नजिकै बसेर हाँसिरहेकी थिइन् । दम रोगले पीडित ठूलीमायाको आँखा र कान कमजोर छ । तर, उनी हरेक प्रश्नमा हाँस्न रुचाउँछिन् । वैवाहिक जीवन कथा सुनाउँदै उनले भने, ‘बूढाको बूढी, बूढीको बूढा सँगै बस्ने त हो नि !’ हिराबहादुरको कुरा सकिन नपाउँदै ठूलीमायाले थपिन्, ‘एक बार मर्नैपर्छ, निधारमा के लेखेको छ, मेट्न सक्दैन ।’

अहिले उनीहरुका २ छोरा र ३ छोरीसहित १४ जना सन्तती छन् । घलान दम्पती लेखपढ गर्न जान्दैनन् तर उनले छोराहरुलाई भने पढाएका छन् । उनले मकवानपुर बज्रबाराहीका भक्तबहादुर बलामीलाई ४ रुपैयाँ दिएर छोरालाई पढाउन लगाएको बताए । जीवनको युवावस्थामा गाडी बो’के पनि पछि उनी गाडी चढेर उत्तरको तातोपानीदेखि भारतको दिल्लीसम्म पुगे ।

‘म नपुगेको कहाँ होला र’, कुराकानीको सुरुमा निराश देखिएका घलानको मुहारमा यसपछि हाँसो छायो । विगतमा गीत गाउँन र नाच्न निकै खप्पिस उनी अहिले ती सबैकुरा बिर्सिन थालेको बताउँछन् । ८७ वर्ष संघर्षमय दिन बिताएका घलानलाई मान्छेको जीवन के जस्तो लाग्दो रहेछ त ? ‘धर्म कर्म गर्ने, पाप न’गर्ने, झ’ग’डा नगर्ने’, घलानले संक्षिप्त जवाफमै जीवनको सम्पूर्ण परिभाषा दिए । ‘म’र्छु कि’ भनेर चिन्ता गर्ने घलानले आफ्ना सन्ततीका लागि बाँच्न चाहेको बताए ।’

(काशी दर्शनले सत्यपाटीमा केहि बर्ष अगाडी उनीहरुसंग कुराकानी गरेर तयार पारेको रिपोर्ट सहित )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार