रुपन्देही । कुनै पनि कुरा बनाउन समय लाग्छ भने त्यस कुरालाई भत्काउन कत्तिपनि समय लाग्दैन । कमाएर सम्पत्तिको जोहो गर्न जति गाह्रो छ त्यति नै जोहो गरिएको सम्पत्तिलाई खर्चन सजिलै हुन्छ । रुपन्देहीको कञ्चनगाउँपालिकामा एकजना यस्ता मानिस छन् जस्ले कमाएर जोहो गर्नु त कहाँ हो कहाँ जोहो गरिएको सम्पत्ति सबै जुवा खेलेर स्वाहा पारेका छन् । उनले आफ्नौ छोराछोरीको समेत भविष्यको चिन्ता मानेका छैनन् ।
उनी जुवाको यस्तो लतमा परिसकेका छन् कि उनलाई जुवा बाहेक अरु कुनै कुरा महत्वपुर्ण लाग्दैन । विगत १५ वर्षदेखि जुवाको लतमा फसेका रुपन्देही कञ्चनगाउँपालिकाका दधीराम भट्टराईले जुवा खेलेरै परिवारलाई १ करोडको ऋण लगाएका छन् । उनको श्रीमतीको भनाई अनुसार दधीरामले जुवा खेलेर भएको चल अचल सबै सम्पत्ति जुवामा हारेर सम्पन्न आफ्नो परिवारलाई विपन्न वर्गमा झारेका छन् । यतिमात्र नभई जुवा खेल्नलाई पैसा नपुगेर दधीरामले श्रीमतीको गहना समेत बेचेका छन् ।
दधीराम सानोतिनो जुवाडे हैनन् । उनी जुवा खेल्नकैलागी विदेश जाने गदर्छन् । यो समाचार बनाउँदा पनि अहिले यतिबेलाको समयमा दधीराम जुवा खेल्न भनेर भारतको गोवामा गएका छन् । उनले गोवामा जानेबेल श्रीमतीलाई थाहै नदिएर एउटा घडेरी सस्तो मूूल्यमा बेचेका रहेछन् । र घरबाट निस्कनु अघि उनले आफुलाई कसैले नखोज्नु भनेर चिठ्ठी लेखी सिरानीको तल छाडेर गएको कुरा उनकी श्रीमतीले रुँदै एक अन्तरवार्तामा बताएकी छन् । भिडियोसहित