ट्रक भि’रबाट ख’स्यो ३ जनाको मृ’त्यु

काठमाडौं : पूर्वी नवलपरासीको गैँडाकोटमा ट्रक दु’र्घट’ना हुँदा ३ जनाको मृ’त्यु भएको छ। ना३ख ५३३९ नम्बरको लहरे प्लेटफर्म टेलर कालिगण्डकी करिडोरको भित्री सडक खण्डमा दुर्घ’टनामा परेको हो।

सिमेन्ट लगायतका सामान बोक्ने ट्र’क बिहान बुलिनटार गाउँपालिकाबाट गैँडाकोटतर्फ आउँदै गर्दा गैँडाकोट नगरपालिका-३ को सेतिभिरबाट अन्दाजी १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

उनका अनुसार घ’टनास्थलमा ३ जना पुरुषको श’व भेटिएको छ। उनीहरुको स’नाखत हुन भने बाँकी छ। ट्रकमा कति व्यक्ति सवार थिए भन्ने नखुलेको र ट्रकमा एउटा जेनेरेटर मात्र भेटिएको डिएसपी खाँणले बताए।

अहिले इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक चन्द्रबहादुर थापाको नेतृत्वमा ख’टिएको टोलीले भिर’बाट मृ’तकको श’व निकाल्ने काम गरिरहेको छ।(फाईल तस्विर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार