अचानक किन अमेरिका हानिए झरना थापा र छोरी सुहाना थापा

काठमाडौं- निर्देशक झरना थापा, अभिनेत्री सुहाना थापा र निर्माता सुनिल कुमार थापा अमेरिका पुगेका छन् । सोमबार नै थापा परिवार अमेरिका पुगेका हुन् । सुहानाको अध्ययन र पारिवारिक भेटघाटका लागि उनीहरु अमेरिका गएको बताइएको छ ।

उनीहरुको बसाई एक महिनाको हुनेछ ।अमेरिकामा ‘ए मेरो हजुर ४’ को एक गीत खिच्ने तयारी समेत रहेको बताइएको छ । यसका लागी केही समय पछि अनमोल पनि अमेरिका जाने बताइएको छ । यसअघि फिल्म ‘ए मेरो हजुर ३’ को एक गीत र केही प्रतिशत छायांकन अमेरिकामा नै गरिएको थियो ।

‘ए मेरो हजुर ४’ मा पनि अनमोल र सुहानाले जोडी बाधेका छन् । ‘ए मेरो हजुर ४’फिल्मको एक महत्त्वपूर्ण सिनमा अभिनेता अनमोल केसी गम्भीर विरामी भएको देखिनुपर्ने छ । यसका लागि उनले १० केजी तौल घटाउनुपर्ने भएकाले पनि फिल्मको छायांकन तत्काललाई रोकिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार