मेरो बोयफ्रेण्डले मलाई एयरर्पोटमा पर्खिरहेको छ भन्ने गंगा यस पटकपनि कोरियन बोयफ्रेण्डलाई भेट्न पुगीन् एयरपोर्ट, संगै आएकी आमाको आँखाबाट रोकिएनन् आँशु (भिडियोसहित)

काठमाण्डौ । गंगा लामा भनेपछि नचिन्ने सायदै होलान् । उनी निकै सुन्दर छिन् । बोलीमा मिठास पनि उत्तिकै छ । पढेलेखेकी छन् । तर गंगालाई एउटा यस्तो रोग छ जस्ले गर्दा उनले आफ्नै होस् गुमाएकी छिन् । उनको मानसिक अवस्था सामान्य नभएको हुँदा उनले आफुले के गर्छिन् त्यो भन्ने कुरा उनलाई नै थाहा हुँदैन ।

धेरै मिडियामा गंगाले आफ्नी आमालाई गाली गलौज गरेको र हिर्काएको समेत देखिंदै आएको छ । तर यो उनले जानजान गरेको होइन । गंगा आफैमा अस्वस्थ युवती हुन् । उनलाई के भएको भन्ने ठ्याक्कै भन्न सकिएको अवस्था छैन । तर यत्ति हो कि उनलाई राम्रो डक्टरको खाँचो छ र चेकअपको पनि । उनले आफ्नी आमालाई गाली गरेको मिडियाबाट देखाई दिंदा धेरैले गंगाको स्वास्थ्य अवस्था नबुझेरै उनलाई नाराम्रो प्रतिकृया दने गर्दछन् ।

सधैं आफ्नै कल्पनाको राजकुमारको पर्खाईमा बसेकी हुन्छिन् गंगा र भन्छिन्,‘मेरो बोयफ्रेण्ड कोरीयन हो । ऊ मलाई लिनलाई कोरियाबाट एरर्पोटमा आएको छ । म जान्छु ।’ गंगाको यही भनाई सधैं दोहोरिने गर्दछ । उनी हातमा पैसा आउना साथ ट्याक्सि चढेर एयरर्पोट पुग्ने गर्छिन् । छोरी गंगाको यो व्यवहारले आजित बनेकी उनकी आमालाई छोरीलाई सम्हाल्न निकै नै गाह्रो परिरहेको छ । छोरीको अस्वस्थ पनले निम्त्याएको असामान्य व्यवहारले गर्दा गंगा र उनकी आमालाई काठमाण्डौमा कोठा पाउन गाह्रो परिरहेको छ ।

सधैं भ्रमको संसारमा आफ्नो बोयफ्रेण्डलाई भेट्न भनी एयरर्पोट जाने गंगा यतिबेला पनि एयरर्पोटमै कोरियन बोयफ्रेण्डलाई भेट्न भनि गएकी छन् । छोरीलाई एक्लै छोड्न मिल्दैन भन्दै गंगाको साथमा उनकी आमा पनि एयरर्पोटमै पुगेकी छन् । यो पटक पनि गंगाले आफ्नो भ्रमको संसारमा रहेको बोयफ्रेण्डलाई भेट्दिनन् । जब उनले यस पटक पनि बोयफ्रेण्डलाई भेटिनन् तब गंगाले के भन्छिन् त ? सुनौं उनैको भनाई । भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार