बैतडीमा जीप दु’र्घटना 

बैतडीमा जीप दु’र्घटना हुँदा चालकको मृ’त्यु भएको छ। बिहीबार बिहान ५ बजेतिर जयपृथ्वीराज मार्गअन्तर्गत सुर्नया गाउँपालिकाको आलुगैरामा धनगढीबाट बझाङतर्फ गइरहेको से १ ज ८४३ नम्बरको जीप दु’र्घटना हुँदा बझाङको बुंगल नगरपालिका- ११ घर भएका चा’लक धनबहादुर बोहराको घ’टनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। 

दु’र्घटनामा अन्य तीन जना घा’इते भएका छन्। घा’इतेमध्ये दुई जनाको अवस्था ग’म्भीर रहेको उनले बताए । बैतडीको पुर्चौड नगरपालिका-४ भटनाका ३५ वर्षीय जनकराज भट्ट र सोही ठाउँका अन्दाजी ४० वर्षीय गंगादत्त भट्टको अवस्था ग’म्भीर रहेको प्रहरी निरीक्षक धामीले जानकारी दिए। 

दु”र्घटनामा घा’इते भएका बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ। घा’इते तीनै जनालाई उ’पचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। जीप सडकबाट करीब १५० मिटर तल खसेको छ।  (फाईल फोटो)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार