घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रूपैयाँले घटेको छ ।

छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोवार भएकोमा आज ९४ हजार रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।यस्तै तेजाबी सुन मंगलबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकोमा आज भने प्रतितोला ९३ हजार ५०० मा कारोवार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला ५० रूपैयाँ घटेको छ । प्रतितोला एक हजार ३१५ मा मंगलबार कारोवार भएको चाँदी आज एक हजार २६५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार