गृहमन्त्री थापा अन्तत: प्रधानमन्त्री ओलीकै पक्षमा, ओली पक्षको ‘सेकेन्ड म्यान’ हुने

काठमाडाैं, ९ पुष । सत्तारुढ दल नेकपामा विभाजन आए पनि सचिवालयकै दुई नेता उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा कतै खुलेका थिएनन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुवैले गौतम र थापालाई आआफूतिर तान्न निकै दौडधुप गरेका थिए ।

गौतम र थापाकाे थापाको भूमिकालाई लिएर अनेक अड्कलबाजीहरू चल्ने गरेका छन् । यद्यपि, मन्त्री थापा भने प्रधानमन्त्री ओलीका पक्षमा खुल्नुभएकाे छ । नेकपाको विभाजनमा सचिवालय सदस्य थापाले आफ्ना निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको स्राेतकाे दाबी छ । उपाध्यक्ष गौतम भने अझैसम्म खुलिसक्नु भएकाे छैन ।

गृहमन्त्री थापानिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा उहाँसँगै सति जान नसक्ने बताउनुभएकाे छ । खरेलले लेख्नुभएकाे छ- ‘बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन । तपाईँको प्रगति होस् ।’

मन्त्री थापाले बुधबारैै आफू ओलीतिर लाग्ने निर्णयमा पुगेको निकटका नेताहरूलाई सुनाउनु भएकाे थियाे । ओली निकट स्रोतका अनुसार उहाँ दोस्रो वरीयतासहित ओली नेतृत्वको नेकपामा सहभागी लाग्नुभएकाे हाे । यद्यपि, थापाको सचिवलयले त्यसको पुष्टि गरेको छैन ।

ओली निकट स्रोतका अनुसार उहाँ दोस्रो वरीयतासहित ओली नेतृत्वको नेकपामा सहभागी लाग्नुभएकाे हाे । थापाले बुधबार बालुवाटारमै पुगेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटपछि बादलले आफ्नो कित्ता क्लिएर गनुभएको हो ।

यसअघि नै ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा सहभागी भइसकेका छन् । प्रचण्डसँग एमाले धारका माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डेलगायत नेता छन् ।

पूर्वमाओवादीका नेता बादल पार्टी ध्रुवीकरण भएपछि कुनै पक्षको बैठक र भेलामा सहभागी हुनुभएकाे थिएन । सोमबार पनि दुवै पक्षले भेला गरी संसद विघटनका विषयमा आफ्ना कुरा राखेका थिए । सोमबार ओली पक्षले प्रधानमन्त्रीनिवास बालुवाटार र प्रचण्ड-नेपाल पक्षले संसद् भवनस्थित नयाँ बानेश्वरमा सांसदहरूको बेग्लाबेग्लै भेला गरेका थिए । दुवै भेलमा गृहमन्त्री रामबहादुर थापा अनुपस्थित हुनुहुन्थ्याे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार