क्युट उपासनाका हट रूप, हेर्नुहोस् मोहित पार्ने ११ तस्बिर

चलचित्र क्याप्टेन बाट नेपाली रजतपटमा आएकी नायिका उपासना सिंह ठकुरीले पहिलो चलचित्र क्याप्टेनबाट नै दर्शकको राम्रो साथ पाइन् । उनको अभिनयलाई दर्शकले रुचाएका थिए ।

चलचित्रको बजारमा जम्न सहज छैन । यसमाथि, थोरै चलचित्रमा काम गरेर जम्ने अवसर सबैका लागि हुँदैन । नायिका उपासना सिंह ठकुरीलाई दोश्रो चलचित्रमा काम गर्दा नै दर्शक र चलचित्रकर्मीले खुबै खोजे ।

चलचित्र ‘क्याप्टेन’बाट यो क्षेत्रमा उदाएकी नायिका ठकुरीले अभिनय गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा कमालको व्यापार गर्न सफल भयो ।

नायिका सिंहलाई ‘क्याप्टेन’मा काम गर्दा धेरैले विभिन्न खालको टिकाटिप्पणी गरेका थिए । कसैले उनलाई मोटी भने, कसैले नायिकाको लागि फिट नरहेको भनेर टिप्पणी गरे । नायिका ठकुरी भन्छिन्–‘हामीले चलचित्रको पर्दामा वास्तविक जीवनका मानिसको पात्र चित्रण गर्ने हो । यसैले, कसैलाई पनि उसको शारीरिक वनावट हेरेर मुल्यांकन गर्नु गलत हो ।’

चलचित्र ‘क्याप्टेन’मा समावेश ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक भएपछि निर्देशक रामबाबु गुरुङले नायिका उपासना सिंह ठकुरीलाई ‘कबड्डी कबड्डी कबड्डी’मा लिने मनस्थिती पक्का गरेका थिए । यो गीतमा उनको अभिनय हेरेपछि उनी पक्का थिए कि, उपासना आफ्नो कथाको पात्रमा फिट छिन् । तर, नायक दयाहाङ राई भने उपासनालाई शंकाको घेराले हेर्दै थिए ।

कतै उपासना आफ्नो जोडी नभएर छोरी जस्तो देखिने हुन् कि भन्ने डर दयामा थियो । तर, स्क्रिन टेष्ट गर्दा दयालाई उपासना आफ्नो जोडीमा फिट लाग्यो । पहिलो चलचित्रमा काँचो माटो देखिएकी उपासनाले दोश्रो चलचित्रसम्म आइपुग्दा आफूलाई बलियो रुपमा प्रस्तुत गरेकी छिन् । चलचित्रले मिश्रित समिक्षा पाइरहँदा उनको प्रशंसा भैरहेको छ ।

कसैले उनलाई पहिलो चलचित्रमा भन्दा राम्रो काम गरेको प्रतिक्रिया दिइरहेका छन् भने कसैले उनलाई अबको चलचित्र क्षेत्र हाँक्ने नायिका भनेर समेत भन्न भ्याएका छन् ।

उनको चलचित्रले बक्स अफिसमा धमकेदार व्यापार मात्र गरेको छैन, उनले दर्शकको मन आफ्नो कामले पनि जितेकी छिन् । यसैले, त उनलाई अबको आशा लाग्दी नायिका भनेर विश्लेषण गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार