प्रचण्ड भन्छन्, ‘मशाल, एकता केन्द्र, माओवादी सब सिध्याएँ, अब नेकपाको पालो’ (हेर्नुहोस् भिडियो)

काठमाडौ । अहिले एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यो भिडियो नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गरेको एक खुलासा सम्बन्धी हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ता मदन भट्टले एक भिडियो क्लिप फेसबुकमा राखेका छन् । उक्त भिडियो क्लिपमा प्रचण्डले पार्टी फुटाउने उनको बिशेषताबारे कुरा गरेका छन् ।

पार्टी फुटाउने र नयाँ पार्टी बनाउने आफ्नो सिद्धान्तजस्तो बनिसकेको बताउँदै गर्दा अन्तमा उनले अब नेकपा फुटाउने पालो आएको समेत बताएका छन् ।

यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यो भिडियो हेर्दा नेकपा एक्तापछिको भन्ने थाहा पाइन्छ तर यो कुनै पुरानो एक कार्यक्रममा उनले बोलेको यो कुरा अहिले भाइरल भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार