टिक-टकमा भाइरल गन्धर्व जोडी भेट्दा निकै रमाइलो, भन्छन् हाम्रो जोडी दही जमेजस्तै जमेछ (भिडियो हेर्नुस्)

काठमाडौ । सामाजिक सञ्जालका कारण अहिले गाउँका कुनामा लुकेर बसेकाहरु पनि भाइरल भएका छन् । उनीहरुको अनौ’ठो ब्यवहारका कारण सामाजिक सञ्जालमा भाइरल हुन्छन् ।

अहिले एक जोडी यस्तै कारणले भाइरल भएका छन् । श्रीमान श्रीमती नै गीत गाउने र नाच्ने गर्छन । उनीहरुले गर्ने विभिन्न कृया’कलापले अरुलाई पनि रमाइलो गराउँछन् ।

अरुलाई मनोरञ्जन दिने यि जोडीले आफ्नो जिवन धान्ने उपाय पनि यसैलाई बनाएका छन् । यो जोडी अहिले टिकटकमा पनि निकै भाइरल छन् । उनीहरु दागंमा छन् । कलौटे गन्धर्व (विराज गन्धर्वका बुवा) र उनकी श्रीमती निकै रमाइला जोडी हुन् । उनीहरुका गीत र नाच टिकटकमा निकै भाइरल छन् । टिकटकमा भाइरल भएका यि जोडीलाई खोज्दै युट्युवर पनि पुग्न थालेका छन् ।

उनीहरुले युट्युवरका अगाडी पनि निकै रमाइलो गरेका छन् । यसरी रमाइलो गर्दै उनीहरुले दिनमा एक हजार १२ सय सम्म कमाउने गरेको श्रीमतीले बताइन् । अहिले बृद्ध अवस्थामा त यति रमाइलो गर्ने यो जोडीको बैं’स कस्तो थियो होला ?

युट्युवरको प्रश्नमा श्रीमती भन्छिन्, हाम्रो जोडी दही जमेजस्तै जमेको छ । उनीहरुले ठाउँठाउँमा गाएका गीत युट्युवमा भाइरल भएको हो । श्रीमान सारंगी बजाउँदै गीत गाउने श्रीमती नाच्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार