काठमाडौँ। लोक तथा दोहोरी गीत संगीतले पछिल्लो समय नेपाली दर्शक श्रोताको ध्यान खिच्दै आएको छ। लोक तथा दोहोरि गीत संगीत देश तथा बिदेशमा बस्ने धेरैको मन मुटुमा बस्न सफल बन्दै गएको छ। पछिल्लो समय लोक तथा दोहोरि गीत संगीत संगै सामाजिक कार्यमा पनि श्रस्टाहरु सक्रिय बन्दै आएका छन्।
लाइभ दोहोरीको माध्यमबाट दर्शक श्रोतालाई मनोरंजन संगै श्रस्टा सम्मान,प्रतिभाको खोजि र मानवीय सेवाको मूल मन्त्र लियर कालिन्चोक डिजिटल नेपालले कार्यक्रम देउरालीको शुभारम्भ गरेको छ। आफ्नो कर्मले सँधै जीवित रहनु पर्छ भन्ने भावना बोकेर कार्यक्रमको सुभारम्भ गरेको संचालक दिनेश खड्काले बताए।
मनोरञ्जन – श्रष्टा सम्मान – प्रतिभाको खोजी – मानवीय सेवा यिनै उद्घोषका साथ सुरु गरीएको प्रत्यक्ष दोहोरी कार्यक्रम देउराली लाई यहाहरुले छोटो समयमै अत्याधिक माया दिनु भएको छ । देउराली भाग- २ यहाहरु सामु प्रस्तुत गरेका छौ , कार्यक्रम कस्तो लाग्यो? हेरेर अमूल्य सल्लाह सुझाव र प्रतिकृया को अपेक्षा गर्दछौँ।