काठमाडौँ । भोजपुरका राजु तामाग नाम परिवर्तनलाई लागेकै थिएन यसरी आफ्ना २ सन्तानकी पत्निले रातारात घर छाडेर हिँड्छिन् भन्ने ।
तर २ साना नानीकी आमा संगीता एकाएक सम्पर्क विहिन भएपछि राजु अहिले आँशुको आहालमा डुबेका छन् । राजुका २ सन्तानले पनि आमालाई रुँदै घर फर्किन आग्रह गरेका छन् । हेर्नुहोस् भावविह्वल बनाउने यो भिडियो अन्त्यमा छ।
यो पनि पढ्नुहोस्
एक ढिक्का भएर निर्वाचनको तयारीमा लाग्न नेकपाको आह्वान
काठमाडौँ, ९ पुस (रासस) ः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले सम्पूर्ण पार्टी पङ्क्तिलाई एक ढिक्का भएर निर्वाचनको तयारीमा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा सम्पन्न बैठकले प्रतिनिधिसभा विघटन भई आगामी २०७८ साल वैशाखमा निर्वाचनको मिति घोषणा र मुलुक निर्वाचनोन्मुख भइसकेका परिप्रेक्ष्यमा मातहतका सबै कमिटी, जनवर्गीय र सरोकार सङ्गठन, पार्टी सदस्य र जनप्रतिनिधिलाई उक्त आह्वान गरेको हो ।
बैठकले राज्यका सबै अङ्गलाई शान्तिसुरक्षा, अमनचयन र सुशासनका क्षेत्रमा पूर्ववत् र अझ प्रभावकारी काम गर्न आह्वान गर्दै शान्ति, स्थायित्व र लोकतान्त्रिक प्रणालीलाई कमजोर गर्ने कुनै पनि कदमप्रति सजग हुन आह्वान गर्ने प्रस्ताव पनि पारित गरेकोे नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।