डढेलो निभाउन खटाइएको विमान पहाडमा बजारियो, विमानमा सवार सबैको नि, धन

एजेन्सी, ०९ माघ ।अस्ट्रेलियाको सिडनीबाट दक्षिणपश्चिमी भागमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्याँकर विमान बिहीबार दुर्घटनाग्रस्त भएको छ ।

अधिकारीहरुका अनुसार विमानमा सवार चालक दलका तीन जना अमेरिकीको ज्यान गएको छ ।

न्यू साउथ वेल्सको ग्रामीण अग्निनियन्त्रण सेवाका आयुक्त शेन फिट्सिमन्सले क्यानाडाली कम्पनीको सी–१३० हर्कुलस विमानसँग स्थानीय समयअनुसार बिहीबार अपराह्न १: ३० बजे सञ्चार सम्पर्क बिच्छेद भएको बताए । उक्त जहाज स्लोई मोनारो क्षेत्रमा खटिएको थियो ।

फिट्सिमन्सले दुर्घटनामा चालक दलका तीनै जना सदस्यको ज्यान गएको र उनीहरु संयुक्तराज्य अमेरिकाका बासिन्दा रहेको जानकारी दिए ।

अष्ट्रेलियाको जंगलमा लागेको विनाशकारी डढेलो नियन्त्रणमा सघाउन उनीहरुलाई संयुक्तराज्य अमेरिका सरकारले खटाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार